टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिहीबार, २४ मङ्सिर २०७२, १० : ५०
कलैया–बारा जिल्ला गढिमाइ नगरपालिका–३ स्थित साखः स्टिल उद्योगअगाडि सडकमा आज बिहान करिब ६ बजे टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयबाट थाहाभएको छ ।
सिमराबाट वीरगन्जतर्फ आइरहेको बा १० च २०७३ नंको टिप्परले विपरीत दिशाबाट आइरहेको ना२प ६०८९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा रामपुर –३ बस्ने ३५ वर्षीय रमेश साहको वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टिप्पर चालकसहित टिप्पर र मोटरसाइकल इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण