सुरक्षा परिषद्द्वारा युवा, शान्ति र सुरक्षासम्बन्धी प्रस्ताव २२५० अनुमोदन
बिहीबार, २४ मङ्सिर २०७२, ११ : ४७
काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युवा, शान्ति र सुरक्षासम्बन्धी २२५० प्रस्ताव अनुमोदन गरेको छ ।
बुधबार राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा अनुमोदन भएको उक्त प्रस्तावले द्वन्द्व तथा द्वन्द्वपछिको समयमा युवा पुस्ताको सुरक्षाका साथै शान्ति स्थापनामा समाजको भूमिकालाई केन्द्रमा राखेको छ ।
निर्णायक तहमा युवा वर्गलाई समाहित गर्न र शैक्षिक एवम् व्यावसायिक क्षमताको अधिकतम उपयोग गर्न प्रस्तावले विश्वका सबै मुलुकका सरकारलाई प्रोत्साहन गरेको छ ।
करिब छ वर्षअघि विश्वका विभिन्न ४० मुलुकका ७० वटा सङ्घसंस्था तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरुले उक्त प्रस्ताव अनुमोदनका लागि परिषद्मा प्रस्तुत गरेका थिए ।
हालै फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्कवादी हमलापछि युवा समुदायलाई पनि शान्ति स्थापना र हिंसात्मक अतिवादविरुद्ध परिचालन गर्न उक्त प्रस्ताव सहयोगी हुने अपेक्षा विश्व समुदायले गरेको युनाइटेड नेटवर्क अफ योङ पिसविल्डर्सले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण