बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा तीन सय उजुरी फछ्र्योट

बिहीबार, २४ मङ्सिर २०७२, १४ : २५
बिहीबार, २४ मङ्सिर २०७२
भीमदत्तनगर–अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयले कार्यालयमा परेका मध्ये ३०० उजुरी फछ्र्योट गरेको छ । बुधबार डोटीको सिलगढीमा आयोजित अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवसका अवसरमा भ्रष्टाचार न्यूनीकरणमा सूचनाको हकको प्रयोग र नागरिक समाजको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । सुदूरपश्चिममा आव २०७२÷७३ मा परेका ३०४ वटा उजुरीमध्ये ३०० वटा उजुरी फछ्र्योट भएको अख्तियारका सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिए । उनले अहिले ५१३ उजुरी उपर अनुसन्धान भइरहेको समेत जानकारी दिए । त्यसैगरी, आव २०७२÷७३ को कात्तिक महिनासम्म डोटीबाट १५ वटा उजुरी परेका र छवटा उजुरी फछ्र्योट गरिएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप