जोरपाटीमा ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु
बिहीबार, २४ मङ्सिर २०७२, १७ : १५
काठमाडौँ– आज बिहान जोरपाटी चोकमा पानी ट्याङ्करको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
जोरपाटीबाट बौद्धतर्फ आउँदै गरेको बा १ ख ८९०० नंको पानी ट्याङ्करले बा ७ प ८२२५ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार १५ वर्षीया किशोरी करुणा माझीको घटनास्थलमै मृत्यु भएको छ ।
स्कुटी चालक किसनकुमार लामालाई भने कुनै चोटपटक नलागेको बौद्ध प्रहरीले जनाएको छ । ट्याङ्करले ठक्कर दिँदा ट्याङ्करको पछिल्लो टायरमुनि परेकी माझीलाई ट्याङ्कर चालकले ब्याक गरेर किचेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
युवती लामाकै घरमा सानो उमेरदेखि नै काम गर्दै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण