संशोधन प्रस्ताव सदनबाट पारित भए सङ्कट हट्ने बडूको दाबी
बिहीबार, २४ मङ्सिर २०७२, १७ : १९
दमौली– नेपाली काँग्रेसका पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव पारित भएमात्रै मुलुकभित्रको सङ्कट समाधान हुने दाबी गरेका छन् ।
नेका तनहुँद्वारा बिहीबार दमौलीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता बडूले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सोही प्रक्रियाबाट वर्तमान सरकार अगाडि बढ्न सक्नुपर्ने सुझाव पनि दिए ।
सरकारमा जानु काँग्रेसको प्राथमिकता नभएकाले आफूहरुले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बडूले बताए । उनले तमाम कार्यकर्तालाई संविधानका अन्तरवस्तुबारे गाउँगाउँका जनतालाई जागरुक गराउनुपर्नेमा जोड दिए ।
नेका तनहुँका सभापति धु्रव वाग्लेले मुलुकभित्र देखिएको समस्या समाधान गर्न प्रतिपक्षमा रहेर पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण