सङ्गठित अपराधीलाई कसैले पनि संरक्षण गर्नु हुँदैन : प्रधानमन्त्री ओली
बिहीबार, २४ मङ्सिर २०७२, १७ : ४१
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका सुरक्षाका लागि अहोरात्र खटिने सुरक्षा दस्तामाथि साङ्घातिक हमला गर्ने र सुरक्षामा तैनाथ जवानको निर्मम हत्या गर्ने सङ्गठित अपराधीलाई कसैले पनि संरक्षण गर्न नहुने बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले ‘सबैको घर घरमा मानवअधिकार, विकास र शान्तिको आधार’ भन्ने नाराका साथ आयोजना गरेको अन्तर्राष्ट्रिय मानवअधिकार दिवस समारोहलाई यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले निहत्था र असङ्गठित समूहलाई बलजफतीपूर्ण हत्या गर्ने सङ्गठित अपराधीको पहिचान बताउन कसैले जिब्रो चपाउन नहुने समेत बताए । प्रधानमन्त्रीले भने–“आफ्नो अधिकारका लागि लड्नेले अर्काको अधिकार हनन गर्नु हुँदैन ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जनताका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित नभएसम्म मानवअधिकारको सुनिश्चितता हुन नसक्ने बताए । आयोगका प्रवक्ता मोहना अन्सारीले मधेस घटना हिंसात्मक बन्दै गएको, दलको खिंचातानीले सुशासनको प्रत्यायभूति नभएको, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधन हुन नसकेको र जीवन रक्षाको अधिकार सुनिश्चित नभएकामा चिन्ता व्यक्त गरे ।
सो अवसरमा आयोगले स्थापना गरेको ‘दयाराम परियार स्मृति सम्मान’ मातृका देवकोटा र विद्यालक्ष्मी राजभण्डारीलाई दिइयो । स्व परियार आयोगका कर्मचारी थिए । मानवअधिकारका क्षेत्रमा कार्य गर्दागर्दै उनको जनकपुरमा मृत्यु भएको थियो । मृतक परियारका सम्झनामा स्थापित उक्त सम्मान यस वर्ष मानसिक सन्तुलन गुमेकाको पुनःस्थापनामा सहयोग गरेबापत देवकोटालाई र अपाङ्गको पुनःस्थापनामा योगदान पु¥याएबापत राजभण्डारीलाई दिइएको हो ।
नेपाल मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनको पक्ष राष्ट्र हो । यस क्रममा संसद्को पहल, दबाबमूलक शान्तिपूर्ण आन्दोलन, अन्तर्राष्ट्रिय समुदायको चासो र सर्वोच्च अदालतको आदेशपछि विसं २०५७ जेठ १३ गते आयोगको स्थापना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण