स्कर्टको तस्विर खिच्न ५ वर्षदेखि नालीको बास
(एजेन्सी) महिलाको स्कर्टको तस्विर खिच्न जापानमा एक व्यक्ति पाँच वर्षदेखि सडकको तलबाट बग्ने नालीमा लुकेर बस्ने गरेको खुलासा भएको छ । प्रहरी र सञ्चारमाध्यमले अहिले उनी नालीभित्रबाट बाटोमा हिँड्ने महिलाको स्कर्टको तस्विर लिन त्यसरी बसेको जनाएका हुन् ।
प्रहरीका अनुसार २८ वर्षका यासुओमी हिराइ नालीको ढलमा लुक्ने गरेका थिए । तर उनको कपाल बढ्दै गएपछि एकदिन उनी जालीमा फसे । त्यसपछि अन्य व्यक्तिको ध्यान उनीतर्फ गयो र उनी पक्राउ परे । अगस्टमा नै यासुओमीका विषयमा खुलासा भएपनि उनलाई प्रहरीले सोमबार मात्रै गिफ्तार ग¥यो । प्रहरीले उनलाई पक्राउ गरेपछि अरु सूचना सार्वजनिक गरेको छैन्, तर यति मात्रै भनेको छ कि ५ वर्षदेखी उनी यस्तो काममा सक्रिय थिए, तर भर्खरै पक्राउ परे ।
यासुओमीले प्रहरीलाई दिएको बयान भन्दै सञ्चारमाध्यमले भनेका छन्, ‘अर्को जन्ममा पनि फुटपाथकै हिस्सा बन्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण