विश्व पर्वतारोही पण्डितलाई राष्ट्रिय झन्डा प्रदान
शनिबार, २६ मङ्सिर २०७२, २० : २०
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अफ्रिका महादेशकै छानो भनेर चिनिने किलिमञ्जारो हिमाल पर्वतारोहणका लागि जान लाग्नुभएका लामो दूरीका धावक सञ्जय पण्डितलाई आज नेपालको राष्ट्रिय झन्डा दिएर बिदाइ गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पण्डितको विश्वका सबै सर्वोच्च शिखर टेक्ने सपनालाई पूरा गर्न आफूसँगै सरकारीस्तरबाट उचित सहयोग गरिने बताउँदै भने, “उनी (पण्डित) ले पर्वतारोहण गरेरै देशलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने भएको छ, अझ सफलताको कामना गर्छु ।”
सात महादेशका सर्वोच्च शिखरको आरोहणको तयारीमा रहेका पण्डितको अन्तिम गन्तव्य अन्टार्टिकाको ‘बिन्सोन मसिफ’ रहेको छ । उनले नेपालका सगरमाथा र मनास्लु, जापानको सर्वोच्च शिखर फुजी तथा युरोप, अमेरिका, अस्ट्रेलियालगायत महादेशका सर्वोच्च शिखर आरोहण गरिसकेका छन् ।
कार्यकममा नेकपा (एमाले), पर्यटन विभाग प्रमुख सूर्य थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिनालगायतले साहसिक खेलकुदका माध्यमबाट नेपाललाई ओलम्पिकसम्म पु¥याउनमा धावक पण्डितको योगदान हुने भएकाले त्यसतर्फ ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरे ।
धावक पण्डित आइतबार पर्वतारोहणका लागि अफ्रिकाको तान्जनियातर्फ जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण