एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
पेरिस । कृत्रिम बौद्धिकता (एआई)ले मानिसहरूको रोजगारी खोस्दैन, बरु दीर्घकालमा श्रकिम अभावको अवस्था सिर्जना गर्ने अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसले बताएका छन् ।
पेरिसमा आयोजित भिभाटेक प्रविधि सम्मेलनमा बोल्दै बेजोसले प्रविधिको भविष्यप्रति आशावादी दृष्टिकोण प्रस्तुत गर्दै एआईले मानव जीवनलाई प्रतिस्थापन नगरी सहयोग गर्ने बताए ।
उनका अनुसार एआईको तीव्र विकासले मानिसहरूलाई बेकार बनाउँदै बरु गर्नुपर्ने कामको मात्रा बढ्नेछ । ‘मलाई थाहा छ कि स्मार्ट मान्छे समेत कयौं मानिसहरु एआईले मानवलाई अनावश्यक वा यस्तै केही बनाउँछ भनेर चिन्तित छन् । म यो विचारसँग पूर्ण रूपमा असहमत छु कि एआईले मानिसलाई अनावश्यक बनाउँछ । वास्तवमा एआईले श्रम अभाव सिर्जना गर्नेछ,’ उनले भने । बेजोसले आफ्नो अन्तरिक्ष कम्पनी ब्लु ओरिजिन र नयाँ एआई परियोजना ‘प्रोमिथियस’लगायत योजनाबारे पनि चर्चा गरे ।
हाल विश्वका विभिन्न कम्पनीहरूले एआई प्रविधिमा ठूलो लगानीपछि हजारौँ कर्मचारी कटौती गरिरहेका छन् । धेरै कम्पनीहरूले एआईका कारण उत्पादकत्व बढेकाले जनशक्ति घटाउनुपरेको बताएका छन् । अमेरिकामा मात्र मे महिनामा ९७ हजारभन्दा बढी रोजगारी कटौती गरिएको रिपोर्ट छ, जसको करिब ४० प्रतिशत एआईसँग सम्बन्धित रहेको बताइएको छ ।
यसैबीच, हालै गरिएको एक सर्वेक्षणअनुसार आधा अमेरिकी नागरिकले एआईका कारण आफू वा आफ्नो परिवारको सदस्यले रोजगारी गुमाउन सक्ने चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियाका कारखाना श्रमिक संघदेखि हलिउडका लेखकसम्मले पनि एआईको प्रयोगप्रति असन्तोष र विरोध जनाइरहेका छन् । तर बेजोसका अनुसार मानिससँग गर्नुपर्ने कामहरू सधैं रहनेछन र एआईले ती कार्यहरूमा रहेका बाधाहरू हटाउनेछ ।
अमेजनले पनि पछिल्लो समय करिब ३० हजार कर्पोरेट रोजगारी कटौती गरिसकेको छ, जसको एक कारण एआई र स्वचालन प्रविधिको प्रयोग भएको बताइएको छ । कम्पनीका सीईओ एन्डी जासीले एआईका कारण भविष्यमा थप रोजगारी कटौती हुन सक्ने संकेत दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलमा भाँडभैलो, पार्टी भन्दा विवाद ठुलो
-
बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
-
सुदूरपश्चिममा ११ महिनामा जम्मा २८.९७ प्रतिशतमात्रै पुँजीगत खर्च
-
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
कसरी बदलियो ५० वर्षमा शीर्ष फुटबल खेलाडीहरूको शरीर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण