अख्तियारको दुरुपयोग अख्तियारबाटै : नेता ज्ञवाली
शनिबार, २६ मङ्सिर २०७२, २० : ३३
अर्घाखाँची– अरुले पदको दुरुपयोग गरे नगरेको हेर्ने संवैधानिक निकाय अख्तियार आफैँले नै अख्तियारीको दुरुपयोग गरेको नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन् ।
‘देशमा भैरहेको भ्रष्टचार, अनिमियतता, मनपरी जस्ता कार्यको चिरफार गरी कानुनको दायरामा ल्याई कारबाही गर्नुपर्ने अख्तियार जस्तो गरिमामय संस्थाले आफ्नो कर्तव्य नै बिर्सन थालेको छ, यो देशका लागि कदापी राम्रो कुरा हैन’ नेता ज्ञवालीले भने ।
रिपोर्टस क्लब नेपाल अर्घाखाँची शाखाले आज सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले एन्फा जस्तो संस्थाका अध्यक्षले गरेको भ्रष्टचार नेपालको अख्तियारले नदेख्ने तर हजारौँ माईल टाढाबाट फिफाले देख्ने यो कस्तो काम हो अख्तियारको ? ज्ञवालीले प्रश्न गरे त्यसैगरी अन्य गतिविधीमा समेत आयोग सक्रिय नभएको उनले आरोप लगाए ।
भारतको अघोषीत नाकाबन्दीको प्रसङ्गमा बोल्दै नेता ज्ञवालीले ‘भारत जस्तो मुलुकले अन्तर्राष्ट्रिय मान्यता विपरीत यस्तो कार्य गर्नु स्वयंकै लागि ठूलो घाटाको विषय हो ।’ भारतबाटै चर्को विरोध भएकाले उसलाई नै चुनौतीको विषय हो ज्ञवालीले थपे । ‘कमल थापाले इतिहास बनेको राजतन्त्रको मुद्दा अझैँ पनि ब्युताउँदै हिँड्नु मुर्खता हो ।
बारम्बार सरकारबाट राजिनामा दिन्छु भन्दै हिँड्नु कदापी राम्रो होइन । कांग्रेसको दोहोरोपनाले पुननिर्मा प्राधिकरण अन्योलमा पर्दै गइरहेको छ । यस्ता गैरजिम्मेवारी कार्यले कांग्रेस आफै घाटामा पर्नेछ’ ज्ञवालीले भने । सिमाङ्कनको विषयमा सचिव ज्ञवालीले भने, ‘तराइलाई पहाडबाट पुरै अलग गर्ने र घुमाउरो तरिकाले देशलाई जातिय राज्यतर्फ लैजाने काम एमालेलाई कदापी स्वीकार्य हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण