संवैधानिक मर्यादामा रहेर अघि बढ्न उपप्रधानमन्त्री थापाको आग्रह
शनिबार, २६ मङ्सिर २०७२, २० : ५६
हेटौँडा–उपप्रधानमन्त्री तथा सङ्घीय मामला र स्थानीय विकास मन्त्री कमल थापाले सबै दलले दलगत स्वार्थ र अभीष्टलाई त्यागेर संवैधानिक मर्यादाभित्र रहेर जिम्मेवार ढङ्गबाट अघि बढ्नुपर्ने बताए ।
उपप्रधानमन्त्री थापाले मकवानपुर जिविसद्वारा आज हेटौँडामा आयोजित “जनताको संविधान जनताकै माझमा राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रमको उद्घाटन गर्दै मौजुदा संविधानले राज्यको हिमाल, पहाड, तराईका जनतालाई उपेक्षा नगरिएको एवम् ती जनताको बृहत् हितका लागि ३१ वटा मौलिक हकहरु नयाँ संविधानमा समेटेको स्पष्ट पारे ।
उनले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई नयाँ संविधानले नागरिकता दिनेतर्फ सुनिश्चित गरिएको छ तर कुनै किसिमको विभेद गरिएको छैन भने ।
उपप्रधानमन्त्री थापाले संवैधानिक प्रावधानबाट जनताको आधारभूत हक अधिकार स्थापित गरी देशलाई आर्थिक रुपबाट समृद्ध बनाउन सबै दलहरुको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिए ।
मन्त्री थापाले अधिकतम् समझदारीबाट नेपालको भाषा, क्षेत्र, लिङ्ग र वर्गीय असमानतालाई समानुपातिक रुपले समान अधिकारको प्रावधान राखी बनाइएको संविधान नेपालको इतिहासमा हालसम्मकै उत्कृष्ट भएको यथार्थलाई मधेस केन्द्रित दलले बुझ्नुपर्दछ भने ।
सो अवसरमा सभासद्त्रय रामनारायण बिडारी, राजाराम स्याङ्तान र ईन्द्र बानियाँले संविधान निर्माणको क्रममा भएको समझदारी र एकतालाई लागू गर्न पनि कार्यगत एकता गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।
त्यस अवसरमा राप्रपा नेपालका केन्द्रीय सदस्य मधु अधिकारी र मकवानपुर जिविसका स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापाले नयाँ संविधानको विशेषताका विषयमा सर्वदलीय दलहरुले जनताको माझमा पु¥याउन एकजुट हुनुपर्दछ भने ।
उपप्रधान मन्त्री थापाले जिविसले बहुसङ्ख्यक जनताले लाभ लिन सक्ने बृहत् योजनालाई निष्पक्ष ढङ्गबाट छनोट गरी कार्यान्वयन गर्नेतर्फ प्राविधिकहरुको ध्यान केन्द्रित हुनुपर्दछ । उनले आज मकवानपुर जिविसको समीक्षा बैठकलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने
-
केही अप्रत्याशित नतिजासहित सकिए सबै टिमको पहिलो खेल
-
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
-
‘प्रहरी हुँ’ भन्दै धम्क्याउने व्यक्ति पत्रकारको परिचयपत्र सहित पक्राउ
-
सक्रिय राजनीतिबाट बिदा भए महरा
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण