‘प्रहरी हुँ’ भन्दै धम्क्याउने व्यक्ति पत्रकारको परिचयपत्र सहित पक्राउ
बिहीबार, ०४ असार २०८३, १७ : ०८
सारांश
- काठमाडौँबाट 'प्रहरी हुँ' भन्दै धम्की दिने शैलेश डङ्गोल पक्राउ परेका छन्।
- डङ्गोलको साथबाट नवीकरण नगरिएको पत्रकारको परिचयपत्र र वाकीटकी बरामद भएको छ।
- उनले प्रयोग गर्दै आएको गाडी पनि प्रहरीले बरामद गरेको छ।
काठमाडौँ । ‘प्रहरी हुँ’ भन्दै धम्की दिने एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ बस्ने ४७ वर्षीय शैलेश डङ्गोल छन् ।
बुधबार उनलाई काठमाडौँ महानगरपालिका–३२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
आरोपीको साथबाट प्रहरीले नवीकरण नगरिएको पत्रकारको परिचयपत्र र वाकीटकी सेट बरामद गरेको छ । असार ३ मा साँझ उनले काठमाडौँ–३२ स्थित फुटबल ग्राउन्डमा प्रहरी हुँ भनेर सर्वसाधारणलाई धम्की दिएको एसपी भट्टराईले जानकारी दिए ।
उनले प्रयोग गर्दै आएको प्रदेश–३–०१–०२३ च २५३० नम्बरको गाडी पनि प्रहरीले बरामद गरेको छ । आरोपीमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण