हिँड्नेले पैसा कमाउने
हिँड्नु स्वास्थका लागि फाइदाजनक छ । यसबाहेक सार्वजनिक गाडी वा निजी सवारी साधन चढ्दा लाग्ने खर्चको पनि हिड्ँदा बचत हुन्छ । हिँड्नुको योभन्दा ठूलो फाइदा अब लण्डनवासीले उठाउन पाउने भएका छन् । लण्डनमा रहेको एक कम्पनीले अब हिँड्ने व्यक्तिहरुलाई पैसा दिनेछ । उनीहरुले हिडेँका प्रत्येक पाइलाको हिसाब राखेर पैसा पाउनेछन् । यो कम्पनीले बेलायतबाहेक केन्या, मालावी र जापानमा पनि यस्तो सेवा ल्याउने बताएको छ ।
मानिसहरुले हिँडेको प्रमाण आफ्नो मोबाइलमा एप राखेर त्यसको प्रयोगमार्फत पेस गर्न सक्नेछन् । त्यसपछि बिटवाकिंगका तर्फबाट उनीहरुले १० हजार पाइला अर्थात् ५ माइल्स हिडेँबापत १ अमेरिकी डलर प्राप्त गर्नेछन् । एक दिनमा १५ माइल्ससम्मको यात्रा गर्नेले ३ अमेरिकी डलर पाउनसक्नेछन् । त्यस एकैदिन त्यसभन्दा माथि हिड्नेले ३ अमेरिकी डलरभन्दा बढी पाउने छैनन् । तर, बिटवाकिंगले हिडेका मानिसहरुलाई सोझे पैसा भने दिनेछैन् । यस पैसालाई यो एप्सले तोकेका पसलमा मात्रै साट्न पाइनेछ र सामान किन्न पनि पाइनेछ ।
कम्पनीले विटबाकिंग विकासशिल देशका लागि सान्दर्भिक हुने जनाएको छ । विकाशिल देशमा ग्रामिक कामदारहरुले दैनिक एक डलर कमाउन समेत मुस्किल पर्ने भएकाले उनीहरुका लागि यो योजना सही हुने कम्पनीको ठहर छ । कम्पनीले प्रेस विज्ञप्तीमा भनेको छ , हाम्रा विश्वास गर्छौ कि सबैलाई पैसा कमाउने स्वतन्त्रता छ । सबैसँग क्षमता छ । प्रत्येक मानिसको पाइलाको उचित मूल्य हुन जरुरी छ । यो मतलब छैन कि तपाई क हुनुहुन्छ र को हुनुहुन्छ । यति मतलब हो कि तपाई कति हिड्नुहुन्छ ।
अहिलेसम्म एप्सले कसरी काम गर्छ भन्ने सम्बन्धमा कम्पनीले स्पष्ट पारेको छैन् । तर कम्पनीले मानिसले हिडेँेका प्रत्यक पाइलको रेकर्ड राख्ने जनाएको छ । बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएअनुसार बिट वाकिंगको योजना मानिसहरुलाई फिटनेशप्रति सचेत गराउन र फिट बनाउन ल्याइएको छ । यस कम्पनीले यो योजनासँगै स्पोर्टस्वेयर, स्वास्थ्य सेवा, विमा कम्पनी र वातावरणविद्हरुसँग सहकार्य गर्नसक्ने बताइएको छ । यदी यस्तो सेवाले काम गर्यो भने यो प्रयोगकर्ता र कम्पनी दुबैका लागि फाइदाजनक हुनेछ ।
यस कम्पनीका संस्थापकहरु निशान बहर र फ्रयांकली इम्बेसीले तत्काल सेवा सुरु गर्नका लागि जाापनी लगानीकर्ताहरुमार्फत १० मिलियन अमेरिकी डलरको प्रारम्भिक कोष खडा गरेका छन् । उनीहरुले भविष्यमा अन्य अनलाईन स्टोरहरुले बिटवांकिगको डलरलाई स्विकार्ने आशा राखेका छन् । अहिले तत्काल केही जुत्ता कम्पनीहरु बिटवाकिंगसँग सहकार्य गर्न इच्छुक देखिएका छन् । तर उनीहरुको नाम सार्वजनिक गरिएको छैन् । यूके बैँकले बिटवाकिंगसँग सहकार्य गर्दै आगामी वर्ष देशमा भव्य सांगीतिक महोत्सव गर्दैछ ।
अहिले तत्कालको समस्या भनेको बिटवाकिंगले दिने डलरलाई सबैले स्विकार्ने वातावरण कसरी बन्छ भन्ने हो किनकी विटवाकिंगले प्रयोगकर्तालाई सिधैँ डलर दिदैँन । बरु, जम्मा भएको डलर बिटवाकिंगसँग सम्बन्धमा रहेका कम्पनीहरुका सामाग्री प्रयोग गरेर खर्च गर्न पाइन्छ । त्यसैले बिटवाकिंगसँ कति कम्पनीहरुले सहकार्य गर्छन् भन्ने विषयले नै बिटवाकिंगको सफलता र असफलताको रेखा कोर्नेछ । तत्कालका लागि भने प्रयोगकर्ताहरुले कसरी सुविधा पाउँछन् भन्ने प्रश्न बिबिसीले उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण