बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पाइलटले उडान अनुमति शुल्क नतिरेको भन्दै प्याराग्लाइडिङ उडाउन बन्देज

सोमबार, २८ मङ्सिर २०७२, १० : २३
सोमबार, २८ मङ्सिर २०७२
पोखरा–नागरिक उड्ययन प्राधिकरणले पोखरेली आकासमा प्याराग्लाइडिङ उडान गर्न बन्देज लगाएको छ ।  पाइलटहरुले उडान अनुमति शुल्क नतिरेको भन्दै प्राधिकरणले आइतबारदेखि उडानमा रोक लगाएको हो । प्राधिकरणले टेन्डम पाइलटसँग ९ हजार ४० रुपैयाँ अतिरिक्त शुल्क माग गरेपछि पाइलटहरुले सो शुल्क तिर्न अनाकानी गरेपछि औपचारिक रुपमा नै उडान स्थगित भएको छ । नागरिक उड्ययन पोखराका प्रमुख दीपक वरालले नियम अनुसार लगाइएको शुल्क नतिरेकोले उडानमा रोक लगाइएको बताए । उनले नियमअनुसार नचल्ने र शुल्क नबुझाउनेलाई मात्र उडान रोकिएको जानकारी दिएका छन् । यता नेपाल हवाई खेलकुद संस्था नाका महासचिव वसन्तराज दवाडीले नागरिक उड्यन प्राधिकरणको बन्देजले पोखराको पर्यटन क्षेत्रमा गम्भीर असर परेको बताए । उनले प्राधिकरणले बिना जानकारी उडान रोकेको भन्दै नियममा नै नभएको शुल्क तिर्न भनेर दुःख दिएको टिप्पणी गरे । हालसम्म पोखरामा प्याराग्लाइडिङ उडानको लागि १ सय ६ जनाले उडान अनुमति लाईसेन्स पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप