अहिलेको समस्याको समाधान बाहिरबाट खोज्न हुँदैन – उपाध्यक्ष ज्ञवाली
सोमबार, २८ मङ्सिर २०७२, १९ : ३८
काठमाडौँ–नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले मुलुकमा विद्यमान अहिलेको समस्या देशभित्रको भएकाले बाहिरबाट समाधान खोज्न नहुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले अहिले देश सामान्य अवस्थामा नरहेकाले दलले दीर्घकालीन दृष्टिकोण राख्न नसकेमा मुलुकको अस्तित्व नै सङ्कटमा पर्ने बताए ।
उनले भारतले नेपाललाई मित्रराष्ट्रका रुपमा व्यवहार नगरेको बताउँदै हामीले भारतलाई आवश्यकताभन्दा बढी विश्वास गर्दा अहिलेको परिणाम भोग्नुपरेको विचार व्यक्त गरे ।
नेकपा क्रान्तिकारी माओवादीका सचिव देव गुरुङले भारतीय नाकाबन्दीका विरुद्ध सबै दल एकजुट भई अघि बढनुपर्नेमा जोड दिँदै विगतमा भारतसँग भएका सबै असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने बताए ।
उनले सहमतिमा संविधान जारी नगर्दा सबैले स्वामित्व ग्रहण नगर्दा समस्या आएको बताउँदै मधेसीका जायज मागलाई पूरा गर्नुपर्ने र अहिलेको मुलुकको समस्या समाधान गरी राष्ट्रमा देखापरेका सङ्कटलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले एमाले नेतृत्वले लिएको बाटो र नीतिले नै अबको समस्यालाई समाधान गर्ने आधार बन्न सक्ने बताउँदै पहिला कार्यसूचीमा रहेको संविधान संशोधन विधेयक कार्यसूचीबाट हटाएकाले समस्या समाधानमा ढिला भएको बताए ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले चारबुँदे प्रस्तावले मुलुकको समस्या समाधान नहुने विचार राख्दै सरकार र मोर्चाले नयाँ ढङ्गबाट एकअर्कामा विश्वास तथा छलफल गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण