बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

क्यानको अध्यक्षमा चन्द, राखेपलाई अमान्य

मङ्गलबार, २९ मङ्सिर २०७२, १५ : २१
मङ्गलबार, २९ मङ्सिर २०७२
काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मतिबाट चुनिएका छन् । क्यानको हिजो राति सम्पन्न साधारणसभाबाट यसअघि क्यानका पूर्व उपाध्यक्ष रहे एका चन्द सर्वसम्मत चुनिएका हुन् । उनीसहित साधारणसभाले १७ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा विनोद मैनाली, उपाध्यक्ष द्वयमा शैलेसकुमार चौधरी र दिवाकर घले तथा महासचिवमा अशोकनाथ प्याकुरेललाई चुनेको छ । यस्तै, क्यानको सदस्यमा १२ जना चयन भएका छन् । त्यस्तै क्यानका पूर्व अध्यक्ष टङ्क हाङबुहाङको पक्षले भने उक्त साधारणसभा राष्ट्रिय खेलकुद परिषद्को निर्देशन विपरीत भएको भन्दै साधारणसभामा सहभागिता जनाएन । त्यस्तै, राखेपले पनि उक्त चुनावलाई मान्यता नदिने भएको छ । तर अध्यक्ष चन्दले भने क्यानको विधान अनुसार साधारणसभा भएको र कानुनसम्मत ढङ्गमा आफू निर्वाचित भएको प्रतिक्रिया राससलाई दिए । उनले भने – “हामीले क्यानको विधानअनुसार साधारणसभा गरेका हौँ । अब क्रिकेट खेलको विकास र विस्तारका लागि सोचेर अगाडि बढ्ने छौं ।” राखेपका सदस्यसचिव केशवकुमार विष्टले भने उक्त साधारणसभा राखेपको निर्णय विपरीत भएकाले आफूहरुले त्यसलाई मान्यता नदिने बताए । उनले भने – “क्यानको एक पक्षले कुनै पनि प्रक्रिया पूरा नगरी साधासाधारण गरेकाले राखेपलाई मान्य छ्रैन । अब सबैको सहमति लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताका साथ केही दिनमै तदर्थ समिति गठन गर्नेछौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप