बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अख्तियारमा शिक्षा क्षेत्रका बढी उजुरी

बुधबार, ०१ पुस २०७२, ११ : २३
बुधबार, ०१ पुस २०७२
भीमदत्तनगर–अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी शिक्षा क्षेत्रका उजुरी परेका छन् । आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालय स्थापना भएको दुई वर्षमा परेका कुल दुई हजार १७९ उजुरीमा सबैभन्दा बढी शिक्षा क्षेत्रका ८२० उजुरी परेका छन् । ती उजुरीमा शिक्षाको दरबन्दी मिलानदेखि शिक्षक नियुक्त प्रक्रियामा भएका धाँधलीसम्मका विषयहरु रहेका छन् कार्यालय प्रमुख रवीन्द्रप्रसाद शर्माले जानकारी दिए । आयोगमा परेका अन्य उजुरीमा स्थानीय विकासमा २७१, वन क्षेत्रका २४६, स्वास्थ्यमा १३८ र भूमिसुधारमा एक हजार १३४ वटा रहेको छ । शर्माका अनुसार एक हजार ६६६ उजुरीको भने फस्र्यौट भइसकेको छ । उनले बाँकी ५१३ वटा उजुरीमाथि अनुसन्धान भइरहेको जानकारी दिनुहुँदै ४९ वटा उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको पनि बताए । आयोगको अञ्चलगत रेकर्ड अनुसार सेतीमा एक हजार १११ उजुरी परेका छन् भने महाकालीमा एक हजार ५९ उजुरी परेको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप