काँग्रेस केन्द्रीय समिति बैठक सुरु–महाधिवेशन तयारी सम्बन्धमा छलफल
बुधबार, ०१ पुस २०७२, ११ : २०
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि सुरु भएको छ ।
पार्टीको आशन्न १३ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न काँग्रेसले केन्द्रीय समिति बोलाएको हो ।
आजको बैठकमा मूलतः महाधिवेशन तयारीका लागि गठन गरिएका समितिले गरेका विभिन्न कामको समीक्षा, पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ ।
बैठकको प्रारम्भमा केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता वितरण छानबिन समितिको प्रतिवेदनमाथि छलफल सुरु भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
व्यवस्थापिका–संसदको ठूलो दल काँग्रेसले संसदमा मङगलबार पेस भएको भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधन विधयकलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा पनि केन्द्रीय समितिमा परामर्श गर्नेछ ।
मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही तथा मधेश–तराईमा जारी आन्दोलनलगायतबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
बैठकमा महाधिवेशनको तयारी र मुलुकको वर्तमान परिस्थितिबारे छलफल भइरहेको काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिए ।
काँग्रेसको १३ औँ महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुदँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण