‘डि’ र त्योभन्दा कम श्रेणीकाले चाहेमा पुनः परीक्षा दिनसक्ने
बुधबार, ०१ पुस २०७२, १३ : १६
काठमाडौँ– लेटर ग्रेडिङ प्रणाली (अक्षराङ्कन पद्धति) अनुसार डि र डिभन्दा तल्लो ग्रेड प्राप्त गरेको विद्यार्थीले कुनै दुई वा त्योभन्दा बढी विषयमा माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्याङ्कन गराउन चाहेमा आगामी वर्षको एसएलसी परीक्षा दिन पाउनेछन् ।
शिक्षा मन्त्रालयले भर्खरै कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि–२०७२ मा यसै वर्षदेखि एसएलसी परीक्षामा लागू गरिन लागेको लेटर ग्रेडिङ् प्रणालीअनुसार प्राप्त हुने श्रेणीमा विद्यार्थीलाई चित्त नबुझेमा पुनः मूल्याङ्कन गराउनसक्ने व्यवस्था रहेको छ ।
लेटर ग्रेडिङ प्रणाली क्रमशः अन्य तह तथा कक्षामा समेत लागू गरिनेछ । यस क्रममा कक्षा १ देखि ७ सम्म लागू भएको निरन्तर विद्यार्थी मूल्याङ्कन प्रक्रियामा हाल कायम रहेको प्राप्ताङ्कको तीनवटा वर्गान्तरलाई उक्त प्रणालीमा कायम गरिएका वर्गान्तर सरह बनाई सिकाइका लागि मूल्याङ्कन प्रक्रियामा जोडिनेछ ।
यसका लागि शिक्षा विभागले सहजीकरण गर्नेछ भने विद्यार्थी मूल्याङ्कनमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट स्वीकृत नीति कार्यान्वयन गरी सहजीकरण र प्राविधिक सहयोगसमेत प्रदान गर्नेछ ।
परीक्षा नियन्त्रण कार्यालयले ग्रेडिङ प्रणाली कार्यान्वयन गर्नेछ भने यसका लागि विद्यार्थी, शिक्षक, विद्यालय र जिल्ला शिक्षा कार्यालयलाई आवश्यक निर्देशन र समन्वय गर्नेछ । क्षेत्रीय शिक्षा निर्देशनालयले कार्यान्वयनका बेला आवश्यक सहजीकरण र अनुगमन गर्नेछ ।
लेटर ग्रेडिङ प्रणालीअनुसार ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन श्रेणी छुट्याइएको छ । ९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइन्छ । ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बी प्लस, ६० देखि ६९ सम्मकालाई बी, ५० देखि ५९ सम्मकालाई सी प्लस, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ र १ देखि १९ सम्मलाई एन अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको छ ।
शिक्षा मन्त्रालयले गत मङ्सिर २६ गते अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि–२०७२ लाई स्वीकृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण