बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कालोबजारी गर्ने आयल स्टोरमा सिलबन्दी

बुधबार, ०१ पुस २०७२, १४ : ०६
बुधबार, ०१ पुस २०७२
दोलखा– जिल्लाको काभ्रे गाविसको मैनापोखरी बजारमा रहेको कालिन्चोक आयल स्टोरले इन्धन कालोबजारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ । स्टोरले स्थानीय प्रशाशनको आँखा छलेर ८६ रुपैयाँ पचास पैसा प्रतिलिटर पर्ने डिजेललाई रु १२० देखि रु १५० मा बिक्री गरेको पाइएपछि सिलबन्दी गरेको हो । उक्त आयल स्टोरका सञ्चालक शिवप्रसाद लामिछानेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले जानकारी दिए । “छ हजार लिटर डिजेल चर्को मूल्य असुलेर बिक्री गरेको जानकारीमा आएको छ, अनुसन्धान गर्दैछौँ” उनले भने । सो परिमाणको डिजेल उक्त आयल स्टोरले गत आइतबार थानकोटबाट मैनापोखरी ल्याई बिक्री गर्दैगरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप