बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

आर्यन र नम्रता फेरी एउटै पर्दामा सँगै देखिँदै

बुधबार, ०१ पुस २०७२, १५ : ५४
बुधबार, ०१ पुस २०७२
काठमाडौं–निर्माणधिन चलचित्र ‘क्लासिक’ निर्माण युनिटले नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ नेपालकै सुपरस्टार भएझैं तर्क गरिरहेको छ । तेस्रो पटक फेरी उनीहरु सँगै एउटै पर्दामा देखिने भएका छन् । यसअघि उनीहरुले सँगै अभिनय गरेका ‘नोभेम्बर रेन’ र ‘मेरो एउटा साथी छ’ ले दर्शकको मन जित्न सफल भएका थिए । आर्यन र नम्रताले खेलेको फिल्म हेर्न दर्शक हलसम्म आउने गर्छन् । गए शुक्रबार ‘क्लासिक’ को इन्डक्ल्याप साँझमा यी दुई एक अर्काको तारिफ गर्नमा पछि परेनन् । आर्यनको कामप्रतिको लगाव र सधैं सिक्न चाहने बानीबाट आर्यनकी ‘नमु’ बढी प्रभावित रहिछन् भने नम्रताको ‘एलियन’ पनि सोही बानी बाट प्रभावित रहेछन् । निर्माता सुवास गिरी र नायक सिग्देलको सहकार्यमा निर्माण भएको फिल्म ‘क्लासिक’ मा आर्यन र नम्रतासँगै प्रियंका कार्की, प्रज्वल गिरी, रोमी घिमिरे, सुशिल काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ । राजेश श्रेष्ठको सिनेम्याटोग्राफी रहेको फिल्मको लगानी एक कारेडभन्दा माथि रहेको जनाइएको छ । बजेट बढी भएपनि फिल्मको मेकिङबाट आफु सन्तुष्ट रहेको गिरीको भनाई छ । छेतेन गुरुङको कथा, ताराप्रकाश लिम्बुको संगीत रहेको फिल्ममा रेनशा वान्तवा राईको कोरियोग्राफी छ । ‘क्लासिक’ को प्रदर्शन मिति प्रेम दिवसको अवसर पारेर माघ २९ गते राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप