बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

इटाभट्टा दुर्घटनाः राहतमा प्रशासनबाटै भेदभाव

बुधबार, ०१ पुस २०७२, १६ : ४०
बुधबार, ०१ पुस २०७२
काठमाडौं – गत तीन दिनअघि सुनसरीको इटहरी उपमहानगरपालिका १६ एकम्बास्थित न्यु जय नेपाल इटाभट्टाको चिम्नी बिष्फोट हुँदा मृत्यु भएका मजदुरका परिवारलाई तत्काल काजक्रिया खर्च बापत उचित रकम बितरण गर्न जिल्ला प्रसाशन कार्यालय सुनसरीले इटा उद्योग सञ्चालक बिनोद अग्रवाललाई आदेश दिएको छ ।

इटाभट्टा दुर्घटनामा परि ज्यान गुमाएका ६ जना भारतीय नागरिकहरुलाई प्रति ब्यक्ति २४ हजार र दुई नेपाली परिवारलाई प्रतिब्यक्ति ५० हजार काजक्रिया खर्च उपलब्ध गराउन इट्टा ब्यवसायीहरुलाई जिल्ला प्रसाशन कार्यालय सुनसरीले आदेश जारी गरेको हो ।

बुधबार इटा ब्यवसायी र प्रसाशनबीच भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए । निर्णय अनुसार रकम बितरण गर्दा कसैलाई काखा कसैलाई पाखा हुन सक्ने इटा ब्यवसायीहरुले गुनासो गरेका छन् । मृतक मध्ये ६ जना भारतीय नागरीक रहेको र उनिहरुलाई प्रति ब्याक्ति रु २४ हजार क्रिया खर्च तर नेपालीलाई भने सोही शिर्षकमा रु ५० हजार बितरण गर्दा छुटयाए जस्तो देखिने गुनासो बाहिरिएको छ । प्रसाशनको कार्यालयमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी पन्थलेनै यस्तो निर्देशन दिएको इटा ब्यवसायीहरुले बताएका छन् । घाइतेहरु १७ जनाको धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र सम्पुर्ण उपचार खर्च समेत इटा उद्योगका सञ्चालक अग्रवाललेनै बेहोर्ने सहमती भएको बताइएको छ ।

सुनसरीका सबै इटाभट्टाहरु अनुगमन गरिने सुनसरी क्षेत्रमा सञ्चालित सबै इटा उद्योगहरुमा जिल्ला प्रसाशन , उद्योग बाणिज्य संघ र इटा ब्यवसायी लगायत बिशेष प्राविधिक टोलीले अनुगमन गर्ने भएको छ ।

गत बैशाख १२ गते गएको बिनाशकारी महाभुकम्पले क्षती पुर्याएका इटा भट्टा सञ्चालकहरुले मर्मत नगरी सञ्चालन गरेको गुनासो बढेपछि प्रसाशन लगायत संयुक्त टोलीले भट्टाहरुको अनुगमन गर्ने भएको प्रमुख जिल्ला अधिकारी पन्थले बताए । सुनसरीमा १ दर्जन बढी इटा भट्टाहरु सञ्चालन हुदै आएका छन । ति सबै अनुगमन पछि मात्रै सञ्चालन गर्ने जिल्ला प्रसाशन र इटा ब्यवसायीहरु बिच सहमती भएको बताइएको छ । बैठकमा इटा ब्यवसायीहरुको तर्फबाट न्यु जय नेपाल इटा भट्टाका सञ्चालक बिनोद अग्रवाल , अनिल अग्रवाल, महेन्द्रप्रसाद साह लगायत अन्यको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप