तेलहालेर मोटरसाइकल स्टार्ट गर्दा आगलागी
बिहीबार, ०२ पुस २०७२, १५ : ०५
झापा– झापाको बुधवारे–९ स्थित जनकल्याण शिव स्टोर्स (पेट्रोल पम्प)मा आज दिउँसो तेल भरेको एउटा मोटरसाइकलमा आगलागी भएको छ ।
बुधबारे ट्राफिक प्रहरी बिटका इन्चार्ज जनक खड्काका अनुसार दिउँसो १ः१५ बजेतिर पेट्रोल भरेको मे ५ प ३५६ नम्बरको मोटरसाइकल स्टार्ट गरेर लैजान खोज्दा पम्पकै छेउमा अचानक आगो लागेको थियो । मोटरसाइकल मेचीनगर–१ धुलाबारी निवासी सञ्जीव विकको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले जल्दै गरेको मोटरसाइकललाई हुत्याएर ५० मिटर टाढा पु¥याई ग्यास बुलेट प्रयोग गरेर आगो निभाएको थियो । मोटरसाइकल स्टार्ट गर्दा ‘मिस फायर’ भएर आगो सल्किएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आगलागी भएको बेला त्यहाँ धमाधम पेट्रोल वितरण भइरहेको थियो । प्रहरीको सावधानी र सक्रियताले गर्दा पम्पमा क्षति हुन पाएन । घटनापछि प्रहरीले पम्प क्षेत्रको सुरक्षाका लागि तेल वितरणस्थल भन्दा १० मिटरभित्र मोटरसाइकल स्टार्ट गर्न नपाइने नियम लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण