बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बाबुराम भट्टराई र मधेसी मोर्चालाई अंकित गर्दै सिटौलाले भने–‘संविधानको धज्जी उडाउने आफैँ पतन हुन्छन्’

शनिबार, ०४ पुस २०७२, २१ : १०
शनिबार, ०४ पुस २०७२
गोरखा– नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जननिर्वाचित प्रतिनिधिले लेखेको संविधानको धज्जी उडाउनेहरु आफैँ पतन हुने बताएका छन् । संविधानमा उल्लेख भएका हक, अधिकार र कतव्र्यबारे जनतालाई जानकारी दिन गोरखाको छेपेटारमा आज आयोजित कार्यक्रममा उनले मधेसी मोर्चा र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको धज्जी उडाउन खोजेको आरोप लगाए । मोर्चाले संविधान जलाएको र एनेकपा (माओवादी)का पूर्व नेता भट्टराईले आफैँ संलग्न रहेर लेखेको संविधान जारी भएलगत्तै कार्यान्वयनको सट्टा हक, अधिकारबिहीन संविधान भन्दै हिँडेकोमा सिटौलाले आपत्ति प्रकट गरे । राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा भट्टराईले संविधानको स्वामित्व ग्रहण नगरेको भन्दै उनले जुन देशमा बस्यो त्यही देशमा नाकाबन्दी गर्नु मधेसी मोर्चाले गलत निर्णय भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप