राष्ट्रपतिप्रति गरिएको व्यवहारको भत्र्सना
आइतबार, ०५ पुस २०७२, ११ : ४५
काठमाडौँ–पुष्पलाल स्मृति प्रतिष्ठानले राष्ट्रपति जानकी मन्दिरमा आयोजित विवाह पञ्चमीमा सरिक हुन पुग्दा भएको व्यवहार र प्रयोग गरिएका आपत्तिजनक शब्दले मधेसी मोर्चाका नेता र कार्यकर्तामा रहेको सामन्ती चरित्रलाई उदाङ्गो पारेको जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष तथा नेकपा ९एमाले०का नेता माधवकुमार नेपालको अध्यक्षतामा शनिबार बसेको साधारणसभाले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति गरिएको यस्तो असभ्य, अलोकतान्त्रिक र अस्वीकार्य व्यवहारले सिंगो महिला समुदायको घोर अपमान गरेको ठहर गर्दै घटनाप्रति मधेसी मोर्चाले मौनता साधेकामा आश्चर्य मान्दै घटनाको भत्र्सना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण