बम राखिएको धम्कीपछि विमान आकस्मिक अवतरण
आइतबार, ०५ पुस २०७२, १३ : १२
नैरोबी– विमानमा बम राखिएको धम्कीपछि शनिबार राति केन्याको नैरोबीमा एक विमान आकस्मिक अवतरण गराइएको छ ।
सो विमान मौरिससबाट फ्रान्सको राजधानी पेरिसका लागि उडेको थियो । सो विमानमा बम राखिएको धम्की आएपछि केन्याको राजधानी नैरोबीमा शनिबार राति आकस्मिक अवतरण गराइएको जनाइएको छ ।
उक्त विमानमा एउटा सङ्कास्पद पोको भेटिएको थियो । सो पोकोको पहिचान कसैबाट पनि हुन सकेन बरु त्यसमा बम रहेको जानकारी अज्ञात व्यक्तिले गराए– प्रहरीले जनाएको छ ।
एएफ ४६३ उडान नम्बरको सो विमानमा ४५९ जना यात्रु रहेका थिए भने १४ जना उडान कर्मचारी रहेका थिए ।
सो विमान स्थानीय समयअनुसार मौरिससबाट शनिबार राति नौ बजे उडेको थियो र फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डि गौले विमानस्थलामा आइपुग्ने कार्यक्रम रहेको बताइएको छ ।
नैरोबीको मोई अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अवतरण गराइएको प्रहरीले जनाएको छ ।
सो सङ्कास्पद पोको बम हो वा होइन भन्ने बारेमा प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण