जलविद्युत् आयोजना पुनःनिर्माणमा इन्धन अभाव
आइतबार, ०५ पुस २०७२, १३ : ४४
चौतारा – जुरे पहिरो र भूकम्पले क्षतिग्रस्त ५५ मेगावाट विद्युत् उत्पादन भइरहेको सिन्धुपाल्चोकको चार जलविद्युत् आयोजना पुनःनिर्माणको काम इन्धन अभावले ठप्प भएको छ ।
नाकाबन्दीका कारण इन्धन अभाव भएपछि ती आयोजना लामो समयदेखि निर्माण कार्य बन्द भएको छ । विसं २०७१ साउन १७ गते गएको जुरे पहिरोले करिब चार महिना उत्पादन बन्द भएपछि सञ्चालनमा आएको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना भूकम्पपछि बन्द छ । भूकम्पले करोडौंको क्षति पछि पुनःनिर्माणको काम भइरहेपनि इन्धन अभावले समस्या उत्पन्न भएको आयोजनाले जनाएको छ ।
इन्धनको लागि ऊर्जा मन्त्रालयमा पहल भइरहेको र आपूर्ति सहज भए सन् २०१६ को जुलाईसम्म सम्पन्न गरी उत्पादन गर्ने लक्ष्य रहेको भोटेकोसी पावर कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र प्रजापतिले बताए । जुरे पहिरो र भूकम्पले २।६ मेगावाटको सुनकोसी सानो आयोजनालाई सबैभन्दा बढी क्षति पु¥याएको छ । जुरे पहिरोले ३७ दिनसम्म डुबानमा पारेको सो आयोजनालाई भूकम्पले त्यति नै क्षति पु¥याएको थियो ।
क्षतिग्रस्त विद्युत् गृह पूरै निर्माण गर्नुपरेको र सम्पूर्ण सामान फेर्नुपरेकोले करिब रु २८ करोड खर्च लाग्ने आयोजनाले जनाएको छ । नाकाबन्दीले सामानको अभाव, मूल्य वृद्घि र इन्धनको अभावका कारण पुनःनिर्माणमा समस्या आएको लगानीकर्ता सानिमा हाइड्रो प्रोजेक्टका प्रबन्ध निर्देशक डा सुवर्णदाश श्रेष्ठले बताए ।
इन्धन उपलब्ध भएमा पुसको अन्तिम सम्ममा काम सम्पन्न गरिने उनले बताए । सुक्खा पहिरोले तातोपानी गाविसस्थित ३।१ मेगावाटको भैरवकुण्ड जलविद्युत् आयोजनामा बढी क्षति पुगेको छ । करिब रु चार करोड ९१ लाख ५३ हजार नोक्सानी भएको सो आयोजनाका कार्यकारी अधिकृत पुण्यप्रसाद पोखरेलले जानकारी दिए । त्यसैगरी बलेफी खोला करिडोरमा रहेको युनिक हाइडेल प्रालिद्वारा निर्मित ४।२ मेगावाटको बराम्ची खोला आयोजनाले पनि इन्धन अभावको समस्या भोगिरहेको छ ।
भूकम्प र भूकम्पपछिको सुख्खा पहिरोले मुहानदेखि विद्युत् गृहसम्मको पेनस्टक र हेडरेसका सम्पूर्ण पाइपलाई क्षति पु¥याएको छ । विद्युत् गृहको साथै मुहानमा क्षति पुगेपछि रु १२ करोडको नोक्सानी भएको छ । मर्मत कार्य भइरहेपनि इन्धन अभावले केही महिना लाग्ने आयोजना सञ्चालक समितिका सदस्य विष्णुप्रसाद घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण