बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

शनिबार गएको भूकम्पबाट चार घरमा क्षति

आइतबार, ०५ पुस २०७२, १३ : ४८
आइतबार, ०५ पुस २०७२
बैतडी– शनिबार बिहान पश्चिम नेपालमा गएको ५.५ रिक्टर स्केलको भूकम्पबाट बाजुराका चार घरमा क्षति पुगेको छ । बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार भूकम्पबाट बाह्रबिसे र ठुलसैनका घरमा क्षति पुगेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । शनिबार बिहान ४ बजेर २ मिनेट जाँदा बाजुराको जगन्नाथ गाविस आसपास केन्द्रबिन्दु भई भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिम, मध्यपश्चिमलगायत जिल्लामा महसुस गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप