बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अफगान शान्तिवार्तालाई सघाउछौँ : पाकिस्तानी प्रम शरिफ

आइतबार, ०५ पुस २०७२, १४ : ०७
आइतबार, ०५ पुस २०७२
काबुल–पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले अफगानिस्तानको शान्तिवार्तालाई सघाउने प्रतिबद्धता पुनः दोहो¥याएका छन् । उनले भने– अफगानिस्तानका शत्रु पाकिस्तानका पनि शत्रु हुन् हामीले अफगानिस्तानलाई सघाउदै आएका छौँ र सघाउने नै छौँ । उनले अफगानिस्तानको शान्तिवार्ता अवरुद्ध भएकोप्रति ध्यानाकर्षण गराउदै वार्ता थाल्न आग्रह पनि गरे । पाकिस्तानले अफगान सरकार र तालिवानका बीचमा हुने शान्ति वार्ताका लागि आवश्यक सबै खालको सहयोग पु¥याउने धारणा पनि राखे । पाकिस्तानले यसअघि पनि अफगान शान्ति वार्तालाई सघाउने बताएको थियो । अफगानिस्तानको शान्ति समितिका अध्यक्षको करिब दुई वर्षअघि भएको हत्यापछि सो वार्ता अवरुद्ध भएको थियो । पाकिस्तानको राजधानी इस्लामावादमा हालै सम्पन्न हार्ट अफ एसियाको सम्मेलनलाई सम्बोधन गर्दै उनले अफगानिस्तानको अशान्तिले पाकिस्तानलाई पनि हानी गर्ने भएकोले शान्तिको स्थापनाका लागि आफूले के कस्तो सहयोग गर्नुपर्ने हो तयार रहेको प्रतिबद्धता व्यक्त गरे । पूर्व अध्यक्षको हत्यपछि पुनर्गठन गरिएको शान्ति समितिले वार्तालाई अघि बढाउन नसकेको अवस्थामा उनको यो धारणा आएको हो । अफगानिस्तानमा गएको करिब डेढ दशकपछिसम्म पनि हिंसा जारी नै छ । सो हिंसाका कारण अफगानिस्तानमा लाखौँ व्यक्तिको ज्यान गइसकेको छ । तालिवानहरुले युद्ध जारी राखेका छन् । गएको वर्षदेखि त्यहाँबाट नेटो सेना पनि फर्किसेकेको छ । हाल अफगानिस्तानको सेनाले नै त्यहाँ कारबाही गर्दै आएको छ । तर पनि शान्तिवार्ता बिना अफगानिस्तानमा शान्ति स्थापना सफल हुने देखिँदैन । पछिल्लो समयमा सुस्त रहेको शान्ति समितिले पुनः शान्ति वार्ता थाल्ने विषयमा सो छलफल थालेको पनि बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप