असली स्यान्टा : जसले दिए १४ सय कर्मचारीलाई क्रिसमसमा १ लाख डलर बोनस
अमेरिकाको टेक्सासमा रहेको एक इन्धन कम्पनीले आफ्ना कामदारहरुलाई क्रिसमसको उपलक्ष्यमा नसोचेको उपहार दिने निर्णय गरेको छ । हिलकर्प कम्पनीका सिईओ जिफ हिल्डब्रान्डले प्रत्येक कर्मचारीलाई १ लाख डलर बोनस दिने निर्णय गरेका हुन् । यस कम्पनीमा १३ सय ८१ कर्मचारी कार्यरत छन् । कम्पनीकी रिसेप्शनिस्ट अमान्डा थम्सन भन्छिन्, यो साँच्चै हृदयको उपहार हो । उनले पछिल्लो १० वर्षयता यस कम्पनीमा काम गर्दै आएकी छिन् । उनी भन्छिन्, मेरो बुझाईमा कम्पनीले कर्मचारीलाई यसरी माया दिने हो भने सबै कर्मचारीले दैनिक रुपमा आफ्ना १ सय प्रतिशत काम गर्छन् । यसअघि नै यो कम्पनी लगातार तीन वर्षयता विश्वका उत्कृष्ट काम गर्न लायक १ सय कम्पनीको सूचिमा दर्ज हुदैँ आएको छ । सिआईओ जिप हिल्डब्रान्ड र कम्पनीका अध्यक्ष ग्रेग लालिकर मानिसहरुलाई कामतर्फ आर्कषित गर्नका लागि निकै प्रभावकारी व्यक्तित्व रहेको थोम्सपसनको बुझाई छ ।
हिलकर्पको व्यापार ५ वर्षमा बढ्न सके कर्मचारीहरुले अझै धेरै बोनस पाउने कम्पनीका सिआईको र अध्यक्षले बताएका छन् । उनी भन्छिन्, हामी कम्पनीको यस्तो निर्णयपछि एक अर्कालाई अंकमाल गरेर धेरै बेर खुसीले रोयौँ । हामी सबैको जीवन प्रत्येक दिन परिवर्तन भएको छ । यदी कम्पनीले आफ्नो योजनामा सफलता हासिल गर्यो भने त्यो दिन हाम्रो सपना पुरा हुनेछ ।
कम्पनीले कर्मचारीहरुलाई यसरी बोनस दिएको यो पहिलो पटक होइन । ५ वर्षअघि कम्पनीको व्यापार राम्रो भएपछि यस कम्पनीले बोनसस्वरुप आफ्ना कर्मचारीलाई ५० हजार डलरको कार वा ३५ हजार नगद पैसामध्ये एक रोज्ने अवसर दिएको थियो । कम्पनीले यस वर्ष नसोचेको उपहार अर्थात १ लाख डलर बोनस दिएपछि कर्मचारीहरुले विविध योजना बनाएका छन् । कसैले घरको स्वरुप परिवर्तन गर्ने त कसैले छोराछोरीको पढाई खर्च तिर्ने अनि कसैले घुमघाम गर्ने योजना बनाएको थम्पसन बताउँछिन् ।
विश्वमा यस्ता उदार मालिकहरु कमै भेटिएका छन् । यसअघि यसै वर्षको सुरुआतमा चिनका बिलिनियर्स तथा टियन्स ग्रुपका अध्यक्ष लि जिनयुआनले आफ्ना ६ हजार ४ सय कर्मचारीलाई भ्रमणका लागि फ्रान्स लगेका थिए । भ्रमणका दौरान कर्मचारीका लागि उनले ३३ मिलियन युरो खर्च गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण