बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

टर्कीमा भएको कारबाहीमा पिकेकेका १०२ विद्रोही मारिए

आइतबार, ०५ पुस २०७२, १५ : ४२
आइतबार, ०५ पुस २०७२
आङ्कारा– दक्षिणपूर्वी टर्कीमा कुर्दिस वर्कर पार्टी (पिपिके) विद्रोही विरुद्ध त्यहाँको सेनाले गरेको कारबाहीको क्रममा १०२ जना विद्रोहीको मृत्यु भएको छ । टर्कीको सेनाले सो कारबाही जारी राखेको बताइएको छ । सेनाले उक्त क्षेत्रमा गएको पाँच दिनदेखि आक्रामक कारबाही सुरु गरेको थियो । सो कारबाहीमा परी गत शुक्रबार मात्र ५४ जनाको ज्यान गएको थियो । कारबाहीलाई शनिबारसम्म पनि जारी नै राखिएको छ । शनिबारको कारबाहीका क्रममा मारिएका लडाकूको सङ्ख्या १०२ पुगेको अधिकारीहरुले जनाएका छन् । गत पाँच दिनयता जारी रहेको सो कारबाहीको क्रममा ती विद्रोही मारिएको जानकारी टर्कीस् सेनाले एएफपीलाई दिएको छ । टर्कीस् सरकारी समाचार समिति आनाटोलियाले पाँच दिनयतादेखि सेनाले सशक्त कारबाही थालेको जनाएको थियो । टर्कीको दक्षिणी पश्चिमी राज्यमा उनीहरुका विरुद्ध कारबाही जारी रहेको जनाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप