बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

आइतबार, ०५ पुस २०७२, १६ : ०८
आइतबार, ०५ पुस २०७२
सप्तरी–राजविराज–रुपनी सडकखण्ड अन्तर्गत रायपुरस्थित पाँच किलोमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक राजविराज–७ का रविलाल मेहतरको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा सवार अन्य तीन जना घाइते भएका छन् । सिरहाबाट राजविराजतर्फ आउँदै गरेको स४प ९७८३ नंको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको कल्भर्टमा ठोक्किएको थियो । मोटरसाइकलको पछाडि सवार उनकै १८ वर्षीया श्रीमती रेखादेवी, एक वर्षीय छोरा भोला र पाँच वर्षीया छोरी गौरी घाइते भएको र तिनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप