वीरगन्जमा आन्दोलनकारीको बीचमा सादा पोसाकका प्रहरी
वीरगन्ज–वीरगन्जमा आन्दोलनकारीको बीचमा मिसिएर सादा पोसाकका प्रहरीले ढुंगामुढा गरिरहेको खुलेको छ । आइतबार बीरगञ्जमा प्रहरी र आन्दोनकारीबीच भएको झडपका क्रममा बर्दीवाला प्रहरीद्वारा सादा पोसाकका प्रहरी कुटिएपछि उक्त घटनाको खुलासा भएको थियो । आन्दोलनकारीका अनुसार प्रहरीसँग झडप भइरहँदा आन्दोलनकारीको बीचमा प्रहरी लुकेर बसेका थिए । आन्दोनकारीले ढुंगामुढा शुरु गरेपछि त्यही बीचमा रहेका सादा पोसाकका प्रहरीले पनि ढुंगामुढा शुरु गरेका थिए । तर, त्यसको केही बेरमा नै सादा पोसाकमा रहेका दुई प्रहरीले दुई जना आन्दोलनकारीलाई पक्रेर घण्टाघर चोकस्थित प्रहरी बिटमा लैजान खोजेका थिए । प्रहरी बिटमा लैजाने क्रममा बर्दीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जना जवानले नचिनेर सादा पोसाकमा रहेका दुई प्रहरी र दुई जना आन्दोलनकारीलाई नै हातपात गरेका थिए ।
दुई जना सादा पोसाकका प्रहरीको परिचय हालसम्म खुलाइएको छैन भने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । यसबारे प्रनानी सागर राणालाई बुझ्दा उनले आन्दोलनमा माथिको आदेश अनुसार सादा पोसाकको प्रहरी खटिएको स्वीकार गरे । यद्यपि, उनले प्रहरीले ढुंगामुढा नगरेको दाबी गरे । ‘हामीले ढुंगा हान्ने आन्दोलनकारीलाई पक्रन सादा पोसाकका प्रहरीलाई आन्दोलनकारीको बीचमा खटाएका हौं,’ उनले भने । समाचार तया पार्दासम्म वीरगञ्जमा तनाव कायमै रहेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जमा आन्दोलनलाई कडा पारेका छन् । हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेकोमा आज मोर्चाका कार्यकर्ताले आन्दोलनलाई थप कडाई गरेका छन् । बिहानैदेखि आन्दोलनकारीहरुले बजार, उद्योग कलकारखाना, यातायात बन्द गराएका छन् भने तोडफोडमा समेत उत्रिएका छन् । आन्दोलनकारीहरुले घण्टाघरमा केहि ट्याम्पो र मोटरसाइकलमा तोडफोड गरेका छन् । उनीहरुले ना १ ह ९३३ र ना १ ह ६६८ नम्बरको ट्याम्पोका साथै ना८च १८९०, चा१६च ४४८६ , ना १प ७७२८ नम्बरका मोटरसाइकल तोडफोड गरेका हुन् । आन्दोलनकारी आक्रामक बनिरहँदा वीरगञ्ज क्षेत्रमा ठूलो संख्यामा सुरक्षा परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण