मोर्चाका कार्यकर्ताद्वारा मालपोत कार्यालय तोडफोड
लहान–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले सिरहा सदरमुकामस्थित मालपोत कार्यालय तोडफोड गरेका छन् ।
मोर्चाले आह्वान गरेको बन्द उल्लङ्घन गरी मोटो रकम लिएर दलालमार्फत आन्तरिक रुपमा काम गरिरहेको भन्दै मोर्चा कार्यकर्ताले आज अपराह्न मालपोत कार्यालयको भुइँ तल्लाको दुई झ्यालको सिसा फुटाएका छन् । उनीहरुले कार्यालय परिसरमा पार्किङ गरिराखिएको कर्मचारीको को२१प ८१९६ नं को मोटरसाइकलमा पनि सामान्य तोडफोड गरेको छन् ।
मोर्चा कार्यकर्ताले बन्दमा मालपोत कार्यालयसँग सम्बन्धित लेखापढीको काम गरेको आरोप लगाउँदै कार्यालय परिसरमा राखिएका लेखापढी व्यवसायीका दुई कुर्सी र एउटा कुर्सीसमेत भाँचेका छन् ।
मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्सालले बन्दमा कार्यालयले गर्ने जग्गा रजिस्ट्रेसन, नामसारीलगायत कुनै पनि काम नभएको जिकिर गर्दै मोर्चाले आफूहरुमाथि कार्यालय सञ्चालन गरेको आरोप मात्र लगाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण