बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरीका कामु प्रहरी महानिरीक्षक राईलाई दज्र्यानी चिह्न

आइतबार, ०५ पुस २०७२, १७ : ५४
आइतबार, ०५ पुस २०७२

काठमाडौँ– सशस्त्र प्रहरी बलका कायममुकाम प्रहरी महानिरीक्षक दुर्जकुमार राईलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले राईलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

सो अवसरमा मन्त्रालयका र सशस्त्र प्रहरी बलका अधिकारीको सहभागिता रहेको थियो ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ३ गतेको निर्णयले राईलाई सशस्त्र प्रहरीको कामु महानिरीक्षकमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।

आज पद बहाली गरेपछि महानिरीक्षक राईले राष्ट्र र आम नागरिकको सेवा र सुरक्षामा पेसागत इमान्दारिताका साथ कर्तव्यनिष्ट रही जनताले प्रत्यक्ष महसुस गर्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन दत्तचित्त रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनी २०४३ साल फागुन ३ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जाबाट सेवा प्रवेश गरी २०५८ वैशाख ४ गते सशस्त्र प्रहरी बलमा सेवा परिवर्तन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप