बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

इँटा भट्टामा कुटपिटबाट चौधरीको मृत्यु, कुटपिटमा संलग्न मगर पक्राउ

आइतबार, ०५ पुस २०७२, २२ : ४३
आइतबार, ०५ पुस २०७२

भक्तपुर–भक्तपुर नगरकोट नगरपालिका–२ मसानडोलस्थित हनुमान इँटा भट्टामा काम गर्ने दाङ हापुर–८ का ३० वर्षीय श्याम चौधरीको कुटपिटबाट आज मृत्यु भएको छ ।

चौधरीको मृत्यु भएपछि कुटपिटमा संलग्न रहेका चौधरीकै साथी रोल्पा तालावाङ–५ घर भई सोही भट्टामा ज्यामी काम गर्ने १९ वर्षीय प्रेम घर्ती मगरलाई प्रहरीले आज पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

गत शुक्रबार साँझ चौधरी र घर्ती मगरसँगै मादक पदार्थ सेवनगरी भट्टामै भएको झगडामा घर्तीले चौधरीलाई अनुहार र शरीरको विभिन्न भागमा मुक्का हानेर कुटपिट गरेपछि उनी घाइते भएको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए ।

झगडा भएलगत्तै घाइते चौधरीलाई उपचारका लागि भक्तपुर च्यामासिंहस्थित शिवशक्ति मेडिकल लगेको र मेडिकलले थप उपचारका लागि अस्पताल नपठाइ औषधि दिएर फर्काए पछि घाइतेले पटक पटक बान्ता गरेको खोल्न आएको प्रहरीको भनाइ छ ।

प्रहरीले शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप