बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

महोत्तरीको सम्सीमा मोर्चाले ७०० पेट्रोलियम पदार्थ नष्ट

आइतबार, ०५ पुस २०७२, २२ : ४७
आइतबार, ०५ पुस २०७२
महोत्तरी–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको सम्सीमा ७०० लिटर पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको छ । आज दिउँसो भारतीय बजारबाट लुकीछिपी तस्करी गरी ल्याइरहेको अवस्थामा सम्सीमा मधेसी मोर्चाका कार्यकर्ताले सो परिमाणका पेट्रालियम पदार्थ नियन्त्रणमा लिएर आगो लगाई नष्ट गरेको हो । मोटरसाइकलमा राखी गौशालातर्फ ल्याउँदै गरिएको अवस्थामा मोर्चाका कार्यकर्ताले पेट्रोल २०० लिटर तथा डिजेल ५०० लिटर गरी ७०० लिटर नियन्त्रणमा लिई नष्ट गरेको तराई मधेस सद्भावना पार्टीका जिल्ला कोषाध्यक्ष निलम अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप