बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झुटो विवरण राखी एमआरपी बनाउने अभियुक्त पक्राउ

मङ्गलबार, ०७ पुस २०७२, १३ : ३२
मङ्गलबार, ०७ पुस २०७२

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्युरोले झुटो विवरण राखी मेसिन रिडियवल पासपोर्ट (एमआरपी) बनाउने मुख्य अभियुक्तलाई आज पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले अनुसन्धानका क्रममा झुटो विवरण राखी एमआरपी बनाई मोटो रकम लिने गरेको भन्दै काभ्रे घर भई हाल सिनामङ्गल बस्ने ३९ वर्षीय रमेश भनिने रत्नप्रसाद पराजुलीलाई पक्राउ गरेको हो ।

यसअघि काल्छाङ छिरिङको ०८७५६९०४ नंको राहदानी बनाएको भन्दै मुस्ताङ घर भई हाल नागार्जुन नगरपालिका बस्दै आएका ४९ वर्षीय उत्तम गुरुङलाई पक्राउ गरिएको थियो ।

गुरुङले दिएको विवरणका आधारमा प्रहरीले खोजी गर्दा यही पुस १ गते काठमाडौँको सिनामङ्गलबाट मुख्य अभियुक्त पराजुलीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप