विद्युत सट हुँदा आगलागी, दश लाख बराबरको क्षति
बिहीबार, ०९ पुस २०७२, १५ : १५
झापा– मोटरबाट पानी तान्ने क्रममा विद्युत् सट भएर आगलागी हुँदा झापाको शनिअर्जुन नगरपालिका–२ निवासी डिकबहादुर थापाको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
आज बिहान घरमा मोटर चलाउँदा विद्युत् सट भई आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट हुनुका साथै रु दश लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गवहादुर खत्रीले जानकारी दिए ।
आगो विर्तामोड नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएका कारण मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण