बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

थारुलाई विषेशअधिकार दिन पहल गर्छु : नेता देउवा

बिहीबार, ०९ पुस २०७२, २० : ५८
बिहीबार, ०९ पुस २०७२

धनगढी–नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायलाई बिषेश अधिकार दिन आफूले पहल गर्ने बताएका छन् ।

काँग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले यहाँ आयोजना गरेको सुदूरपश्चिमाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै उनले थारुहरुको साथ र सहयोगबिना अहिलेको सेती महाकाली प्रदेश बलियो नहुने भएकाले उनीहरुलाई विषेशाधिकार दिनुपर्ने धारणा राखे ।

नेता देउवाले सदियौँदेखि मिलेर बसेको थारु पहाडी समुदायबीचमा तिक्तता हुन नदिन दुवै समुदायका अगुवाले पनि पहल गर्न जरुरी रहेको उल्लेख गरे ।

थरुहट पक्षधरले सुदूरपश्चिमको तराईंका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमा समेटिनुपर्ने माग राख्दै आएका छन् ।

कार्यक्रममा काँग्रेस नेता विमलेन्द्र निधि, रमेश लेखकले पनि समसामयिक राजनीतिक विषयमा बोलेका थिए । दुई दिने प्रशिक्षण कार्यक्रममा काँग्रेसका जिल्ला सभापति, क्षेत्रीय सभापति, महाअधिवेशन र महासमिति सदस्य, सांसदलगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप