बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

झलनाथलाई प्रश्न : नयाँ पार्टी खोल्न लाग्नुभएको हो ?

बिहीबार, ०४ असार २०८३, १६ : ०८
बिहीबार, ०४ असार २०८३

सारांश

  • पूर्व प्रधानमन्त्री झलनाथ खनालले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई पुनर्गठन गरी बलियो बनाउने अभियानमा रहेको बताएका छन् ।
  • उनले पार्टी नेतृत्व विरूद्ध ३६ बुँदे आरोप पत्र बुझाएका खनालले पार्टी पुनर्गठन अभियानमा लागेको बताएका हुन् ।
  • खनालले वर्तमान नेतृत्वबाट वामपन्थी आन्दोलनको पुनर्गठन तथा समाजवादी यात्रामा पुग्न नसकिने जिकिर गरे ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई पुनर्गठन गरी बलियो बनाउने अभियानमा रहेको बताएका छन् । 

पार्टी नेतृत्व विरूद्ध ३६ बुँदे आरोपपत्र बुझाएका खनालले पार्टी पुनर्गठन अभियानमा लागेको बताएका हुन् ।

त्यसका लागि उनले विभिन्न पुराना तथा नयाँ वामपन्थी नेताहरू परामर्श भइरहेको जनाकारी दिए । पार्टीबाट अलग हुन लागिएको हो भन्ने रातोपाटीको प्रश्नमा खनालले भने, ‘अहिले म नेकपाबाट अलग हुने भन्दा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको बृहत् एकता अभियानमा छु । त्यसका लागि पुराना तथा नयाँ नेताहरू छलफल भइरहेको छ ।’ खनालले वर्तमान नेतृत्वबाट वामपन्थी आन्दोलनको पुनर्गठन तथा समाजवादी यात्रामा पुग्न नसकिने जिकिर गरे।

‘वैज्ञानिक समाजवादी पार्टी निर्माण गर्ने हो । प्रचण्ड र माधवजीबाट वामपन्थी आन्दोलन पुनर्गठन तथा समाजवादी यात्रा सम्भव छैन’, उनले भने । पार्टी पुनर्गठनका लागि प्रलोपाका नेता जनार्दन शर्मा, नेकपाबाट निष्कासित नेताहरू हरिबोल गजुरेल, कुलप्रसाद केसी, महेश्वर दाहाल, नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल लगायतसँग छलफल भइरहेको उनले जानकारी दिए।

नेकपामै रहेर वामपन्थी आन्दोलन पुनर्गठन गर्न लागिएको हो कि अलग भएर गर्न लागिएको भन्नेमा स्पष्ट जवाफ दिएनन् । तर तत्काल अन्य पार्टीमा जाने योजना नभएको उनको भनाइ छ। यद्यपि नेकपाका नेताहरूले पार्टी र नेतृत्वलाई समाप्त पार्ने उद्देश्यसाथ खनालले उक्साहटमा आरोप पत्र बाहिर सार्वजनिक गरेको आरोप लगाएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप