बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

नेपालको भूकम्पदेखि सिरियाका शरणार्थी : सन् २०१५ मा यसरी भ्रम छर्यो इन्टरनेटले

बिहीबार, १६ पुस २०७२, १६ : २८
बिहीबार, १६ पुस २०७२

सन् २०१५ पत्रकारहरुका लागि निकै व्यस्त वर्ष रह्यो । त्यसमा सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनेका झुठा तस्विरहरुको सत्य पत्ता लगाउन पत्रकारहरुले निकै कसरत नै गर्नुपर्यो । विशेष गरेर आपत्तकालिन घटनाहरुमा यस्ता झुठा र भ्रामक तस्विरहरु इन्टरनेटमा भाइनल बने जुन उक्त सन्दर्भसँग कुनै मेल नै खाँदैन थियो । यस्ता तस्विरहरु नियोजितरुपमा भ्रम छर्न प्रयोग गरिएको थियो । के तपाईं पनि यी तस्विरहरुसँग झुक्किनु त भएको थिएन ? हेरौं त्यस्ता केही तस्विरहरु : नेपालको भूकम्पमा दर्दनाक तस्विरहरुः नेपालमा आएको विनाशकारी भूकम्पका दौरान सामाजिक सञ्जालमा निकै सेयर भएको फोटाहरुमध्ये एक थियो । ‘नेपालमा आफ्नो दुई वर्षीया बहिनीलाई चार वर्षीय दाजुले अंगालो हालेर सुरक्षा दिँदै’ भन्ने क्यापसन दिएर सेयर भएको यस तस्विर त्यस ताका फेसबुक र ट्वीटरमा खुब सेयर भएको थियो र डोनेसनका लागि आह्वान समेत गरिएको थियो । यो तस्विर झुठो नभएपनि भ्रामक भने थियो । यसलाई सन् २००७ मा भियतनाममा खिचिएको थियो । यस तस्विर लिने फोटोग्राफर ना सन न्गेवेन भन्छन्, ‘मैले खिचेका फोटाहरु मध्ये सबैभन्दा सेयर भएको यो फोटो बन्यो तर गत परिपेक्षमा यसको प्रयोग भयो ।’ स्वीमिङ पुलको भिडियो नेपालको भूकम्पको दौरान एउटा भिडियोले पनि खुब चर्चा पाएको थियो । काठमाडौंको एक होटलको स्वीमिङ पुलको सिसी टिभी क्यामराको फुटेजभन्दै युट्युव र फेसबुकमा यसलाई सेयर गरिएको थियो । यसलाई अन्तर्राष्ट्रिय मिडियाहरुले समेत प्रयोग गरेका थिए । तर, उक्त भिडियो सन् २०१० मा मेक्सिकोमा आएको भूकम्पको थियो ।

भिडियोको टाइम स्टाम्पलाई परिर्वतन गरेपनि युटुबका प्रयोगकर्ताहरुले उक्त भिडियोलाई पहिचान गरे । एक जना युट्युवरले भने, ‘हरेक पटक ठूलो भूकम्प आउँदा यही भिडियो प्रयोग गरिन्छ ।’ नेपालमा आएको भूकम्पका बेला यस्ता धेरै भ्रामक भिडियोहरु भाइरल बनेको थियो जसमध्ये एउटा इजिप्टमा ढलेको भवनको थियो । उक्त भिडियोलाई लिएर फेसबुकसमेत झुक्किएको थियो । आफ्नो सन् २०१५ को भिडियो राउण्डअपमा फेसबुकले त्यही भिडियो प्रयोग गरेको पाइयो । इन्सटाग्राममा चर्चित शरणार्थी गत साल इन्सटाग्राममा एक व्यक्तिले सेनेगलदेखि स्पेनसम्मको शरणार्थी बन्ने गरेको यात्रा सेयर गरेको पाइयो । डकारका अब्दु डियोफले सेयर गरेका सेल्फी तत्कालै इन्टरनेटमा हिट बन्यो । उनका हजारौं फलोअर बने भने उनलाई धेरैले प्रोत्साहन गर्दै कमेन्ट गर्ने गरेका थिए । तर, विस्तारै उनले फोटो सेयर प्रयोग गर्ने अनौठा ह्यासट्यागले उनको सत्यतामा शंका उत्पन्न हुन थाल्यो । अन्त्यमा त्यसलाई स्पेनको फोटोग्राफी फेस्टिभलको प्रचार गर्नका लागि प्रयोग गरिएको खुलासा भयो । शरणार्थीको भेषमा आइएस लडाकु युरोपले शरणार्थी र आतंकवादी समस्या एकै साथ भोगिरहेको बेला एउटा पूरानो र नयाँ तस्विर जोडिएको फोटो फेसबुकमा निकै सेयर भयो । यो व्यक्तिलाई चिन्नुहुन्छ ? गत वर्ष आइएसइएस बनेर फोटो खिच्दै थियो, आज शरणार्थी बनेको छ, एक व्यक्तिले लेखे । त्यसपछि उक्त तस्विर इन्टरनेटमा निकै भाइरल बन्यो । पछि फोटोमा भएको व्यक्ति लइथ अल सालेह भनेर पहिचान भयो । सालेह सिरियाका राष्ट्रपति असर अल असादविरुद्ध उभिएको एक सानो विद्रोही समुहमा रहेको र सन् २०१५ को अगस्तमा नै सिरिया छाडेर म्यासेडोनिया पुगिसकेको खुलासा भयो । यो कुरा खुलेपछि उक्त फोटो सेयर गर्ने व्यक्तिले माफी मागे । इगल अफ डेथ मेटलको कन्सर्टको फोटो नोभेम्बरमा पेरिसमा भएको आतंकवादी हमलामध्ये एक थियो इगल आफ डेल मेटलको कन्सर्ट भएको स्थान । त्यसलगतै एउटा फोटो सेयर भयो जसलाई बन्धुकधारीहरुले गोलीकाण्ड मच्चाउनभन्दा ठीक अघिको बाटाक्लान थिएटरको तस्विर भनियो । तर, उक्त तस्विर डब्लिनको ओलम्पिया थिएटरको थियो । ब्याण्डले उक्त तस्विर घटनाभन्दा ठीक एक दिन अघि आफ्नो फेसबुक पेजमा सेयर गरेको थियो । पेरिसका खाली सडक ट्वीटरमा निकै रिट्वीट भएको यस तस्विरलाई पेरिस हमला भएको भोलीपल्टको अवस्था चित्रणका लागि प्रयोग गरियो । तर यो तस्विर खासमा साइलेन्ट वल्र्ड नाम गरेको एक प्रोजेक्टबाट थियो ।

यू आईन्ट नो मुस्लिम ब्रुभ

जब एक मानिसले लण्डन ट्यूव स्टेशनमा एक तीन अन्य व्यक्तीलाई जर्बजस्ती आक्रमण गरे । नजिकै रहेका एक व्यक्तिले भने, यू आईन्ट नो मुस्लिम ब्रुभ । त्यसपछि यो ह्यास्ट्याग इन्टरनेटमा चर्चामा आयो । यस ह््यास्ट्याग प्रयोग गरेर चर्चामा आएको एक तस्विरले लण्डन अन्डरग्राउन्ड ट्यूव साइनको प्रेरक तस्विर छ । लण्डनका मेयरका उमेद्वार सादिक खानले समेत यसलाई प्रयोग गरेका छन् । तर यसमा भावना सही देखिएपनि प्रयोग गरिएको संकेत गलत हो । यो साइन जेनेटेर एप्समार्फत तयार पारिएको झुठो तस्विर हो । श्रीमान्को बदलाको चरम भावना जमर्नीका एक व्यक्तिले डिभोर्सपछि आफ्ना सबै सामग्रीहरु काटेर आधा गरेर अनलाइन बेच्न राखेको समाचार फैलियो । इन्टरनेटमा उक्त सामाग्री बेच्न राखिएको सही थियो तर त्यसपछाडिको कथा भने झुठो थियो । भिडियोलाई यूट्यवमा मात्रै ४५ लाख पटक हेरियो । त्यसपछि जर्मन बार एशोसियसनले भिडियो बनाइएको र काल्पनिक रहेको निष्र्कष निकाल्यो । एक मार्केटिंग अभियानका लागि यो भिडियो बनाइएको थियो । बिबिसीबाट साभार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप