मानसिक रोगी बलिरामको हातमा एक वर्षदेखि हतकडी
महोत्तरी–महोत्तरीको बिजलपुरा गाविस–१ जुडीका ३३ वर्षीय बलिराम सिंहको हातमा करिब एक वर्षदेखि हतकडी लगाएको पाइन्छ । मानसिक सन्तुलन गुमाएका बलिराम सिंहलाई उनकै परिवारले हातमा हतकडी लगाएर घरमा राखेका छन् ।
करिब १० वर्षदेखि मानसिक रोगबाट पीडित रहेका महतोले आफ्ना ६० वर्षीय बुबा खेहरु सिंहलाई लाठीले टाउको फुटाइदिएपछि उनका घरपरिवारले उनलाई हातमा हतकडी लगाइदिएका हुन् । दुई वर्षअघि रु ११ लाख पर्ने एक बिगाहा खेत बेचेर उनका बुबाको उपचार गराएको पारिवारिक स्रोतले जनाएको छ ।
बलिरामको कुटाइले मगजमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका उनका बुबा खेहरु अहिलेसम्म पूर्णरुपमा ठीक हुन सकेका छैनन् । सिंहले बुबालाई कुट्दा उपचारमा खर्चिएको रु तीन लाख अझै पनि कर्जा रहेको छ ।
बलिरामको उपचारमा पनि झन्डै रु १० लाख खर्च भइसकेको उनकी श्रीमती भागकुमारी देवी बताउँछिन् । मानसिक रोगबाट पीडित सिंहले डाक्टरको सल्लाह बमोजिम औषधि खान नमान्दा उनी निको हुन नसकेको भागकुमारीले दुःखेसो पोखिन् । तीन छोरी र एक छोराको बाउ रहेका बलिरामको घरपरिवारमा पुरुष मान्छे अभिभावक नहुँदा घरपरिवारलाई समस्या भइरहेको छ ।
छिनछिनमा रिसाउने, कराउने, मान्छेलाई देख्न नसक्ने, घरमाथि, मान्छेमाथि ढुङ्गा फाल्नेजस्ता कार्यबाट घरपरिवारका सदस्य आजित भइसकेका छन् । रातभर जहाँतहीँ हिँड्नेलगायतका कार्यले घरपरिवारका मान्छेहरु पनि मानसिक दबाबमा रहेका छन् । कक्षा १० सम्म पढेका बलिराम अहिले मानसिक रोगबाट पीडित भएपछि घर न घाटका भएका छन् ।
माघको कठ्याङ्ग्रिदो जाडो होस् या वैशाखको गर्मीमा शरीरबाट चिटचिट निस्किने पसिना जुनसुकै समयमा पनि उनको शरीरमा एउटा गन्जीभन्दा अन्य लुगा लगाएको पाइएको छैन । हातमा हतकडी रहेकाले उनको शरीरमा गन्जी लगाउन घरपरिवारलाई समस्या हुने गरेको पारिवारिक स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण