मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको भारत भ्रमण फेब्रुअरी दोस्रो साता : राजदूत उपाध्याय

शुक्रबार, २४ पुस २०७२, १९ : ३०
शुक्रबार, २४ पुस २०७२

काठमाडौ – भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामि फेब्रुअरी महिनाको दोस्रो साता हुने जानकारी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमणको रुपमा छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण फेब्रुअरीको दोस्रो साता हुने गरी तयारी भईरहेको छ । भ्रमणमा नयाँ योजना र अन गोईङ्ग विषयहरुमा काम गरिरहेका छौ । ’ राजदुत उपाध्यायले नेपाल भारत सम्बन्ध करेक्सन गर्ने मोडमा पुगेको उल्लेख गर्दै भने, ‘पहिला भारत र नेपाल विपरित दिशामा थिए । अहिले भारतको सोचमा पनि बदलाव आउन थालेको छ । छिटो समस्या समाधान गरेर नेपाल भारत सम्बन्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेलामा रहेको उचाईमै पुर्याउनु पर्छ भन्ने थालेका छन् ।’ नेपाल भारत सम्बन्धलाई तातो पीडालुको संज्ञा दिदै उनले खाँदा पनि मुख पोल्ने नखाँदा पनि खान मन लाग्ने खान मनलाग्ने तर खान नसक्ने खाल्को भएको बताए । राजदूत उपाध्यायले नाकाबन्दी शब्द उल्लेख नगरी यसलाई राजनीतिक पराकम्पनको रुपमा रहेको यो घटनाक्रमलाई खराब दिनको रुपमा दुःखको रुपमा मात्रै सम्झनु पर्ने टिप्पणी गरे । उनले आफूले भारत र नेपालमा सबैलाई भेटेर सहमतिमा समाधान गर्न आग्रह गरेको उल्लेख गर्दै संसदमा रहेको संविधान संसोधन र त्यसमा परेको संसोधन दुबै पक्षको लागि विन विन स्थिति रहेकोले अब छिटो समाधान गर्नु पर्ने बताए । राजदुत उपाध्यायले भने, ‘संशोधन विन–विन सिचुएसन हो । सहमतिको आधारमा संसोधन भए विश्वासको जग बन्छ । अब सहमतिको लागि सबैले दवाव दिनु पर्छ । जनता भगवान हुन उनीहरुलाई दुख दिने काम कसैले गर्नु हुँदैन । नाकामा बस्दा नेपाल भारत सम्बन्ध राम्रो भएन । अब नाकाबन्दी फिर्ता गर्नु पर्छ । फिर्ता भएको केही घडिमै नाका सहज हुन्छ ।’ नाका खोले पछि तत्कालै यहाँको माग भन्दा दोब्बर आपूर्ति गरेर स्थितिलाई तत्कालै सहज बनाउन सकिने भन्दै स्थिति सहज भएपछि विस्तारै तुषहरु कम हुँदै जाने विश्वास ब्यक्त गरे । उनले नेपालको निर्णय नेपाल आफैले गर्नु पर्ने भन्दै अहिलेको झगडाले नेपाल र भारत कसैलाई पनि फाईदा नहुने तर्फ सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप