मुस्लिम सङ्घर्ष गठबन्धनलाई वार्ताका लागि प्रधानमन्त्रीको पत्र
शुक्रबार, २४ पुस २०७२, १९ : २१
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनलाई वार्ताका लागि आज पत्र पठाएका छन् ।
गठबन्धनका संयोजक समिम अन्सारीलाई प्रधानमन्त्री ओलीले लिखित पत्र पठाएका हुन् । पत्रमार्फत प्रधानमन्त्रीले गठबन्धनका माग वार्ता र संवादबाटै सम्बोधन गर्न सकिने भएकाले वार्तामा आउन आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
आर्थिक विज्ञमा थपलिया नियुक्त
यसैबीच, प्रधानमन्त्रीले आफ्नो वरिष्ठ आर्थिक तथा विकास विज्ञमा धादिङ निवासी इञ्जिनियर गजेन्द्र थपलियालाई आज नियुक्त गर्नुभएको छ । थपलिया नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्यसमेत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण