मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जनकपुर घटनामा ‘Twist’ : व्यापारी भन्छन्, ‘हामीले हैन, राज्यले नै मोर्चाको बाइक जलायो’

शुक्रबार, २४ पुस २०७२, १९ : ३७
शुक्रबार, २४ पुस २०७२

हिजो जनकपुरमा मधेशी मोर्चाका दुई जनाको मोटरसाइकल जलाईयो । त्यसमा उद्योग वाणिज्य संघका संचिव सुरेन्द्र भण्डारी र विजय साहको नाम मुख्य रुपमा बाहिर आयो । उनीहरुको निकै विरोध पनि भयो । आन्दोलनकारीले शुक्रबार उद्योगी व्यपारीको विरोधमा जुलुस पनि निकाले । उनीहरुको पसलमा ओलीको छोरा, मधेशका गद्दार पनि लेखे । त्यसपछि जनकपुरको अवस्था अशान्त हुनुगयो । मोटरसाइकल जलाउने आरोपी सुरेन्द्र भण्डारीसँग रातोपाटीका लागि एसके यादवले गरेको छोटो कुराकानीः मधेशी मोर्चाको मोटरासाइलक तपाईले जलाउनु भएको भनि कुरा आइरहेको छ नि, किन जलाउनु भयो ? –मैले जलाएको होइन । केही अनलाइन, एक दुईटा पत्रपत्रिकामा मेरो नाम पनि आएको रहेछ तर म मोटरसाइकल जलाउनमा संलग्न नरहेको पुष्टि भइसकेको छ । हिजो जनकपुरमा मधेशी मोर्चाको बैठक बसेको थियो । त्यहाँ विभिन्न फोटा र भिडियो क्लिपहरु हेर्दा म त्यसमा थिइँन र यो कुरा मधेशी मोर्चाका नेताहरुले पनि विज्ञप्ति जारी गरेर भनि सकेका छन् । मोटर साइकल जलाउनेमा मेरो संलग्नता छैन । तपाईलाई त एमाले पार्टीले उक्साएपछि मोर्चाको मोटरसाइकल जलाई लदिनु भएको भनि कुरा आइरहेका छन् नि ? –मैले अघि पनि भनि सके कि मोटरसाइकल जलाउनेमा मेरो हात छैन । म पाँच महिनादेखि आन्दोलनमै छु । आन्दोलनलाई सहयोग गर्दै आएको छु । अनि मैले आन्दोलनकारीको मोटरसाइकल किन जलाउने तपाई नै भन्नुस् न । हो म एमाले निकट हुँ त्यसमा पनि एमालेका नेता रघुवीर महासेठ नजिकका मान्छे हुँ । त्यसमा कुनै लुकाउने कुरा होइन तर नमलाई एमालेले उक्साएको छ न मैले मोटरसाइकल जलाएको छु । यी हल्ला मात्र हुन् । अनि कसरी जल्यो त दुईटा मोटर साइकल ? –आन्दोलनकारीहरुले पसल लुट्ने गरेको आरोप धेरै दिनदेखि लागिरहेको थियो । जनकपुरका व्यपारीहरुले पटक–पटक यो कुरा उठाइरहेका थिए । अनि त्यही विषयमा हिजो उद्योग वाणिज्य संघ जनकपुरले पदाधिकारीहरुसहित व्यपारीहरुको भेला बोलाएको थियो । उद्योग वाणिज्य संघले बैठक राखेको छ भन्दै व्यपारीहरुको व्यापक उपस्थिति भएको थियो । करिब चार पाँचसय उद्योगी व्यापारीहरु उपस्थित थिए । बैठकमा छलफल चलिरहँदा त्यही बेला कुनै व्यपारीको मोवाइलमा फोन आयो कि आन्दोलनकारीले पुनः पसल लुट्न थाल्यो । यो कुरा सुन्ने वित्तिकै ती व्यापारी उठेर हिँडे त्यसका साथमा अन्यहरु पनि हिडे । ल आज वार कि पार हुन्छ । आज आन्दोलनकारीसँग भिड्नै पर्ने भयो भन्दै त्यहाँबाट उनीहरु हिँडेका थिए । पछि त्यो हुलमा अन्य उच्छृखंल केटाहरु पनि मिसिए । उनीहरु जाँदै गर्दा आन्दोलनकारीसँग जनकचौकमा जमका भेट भयो । यहाँबाट जोशिएर गएका व्यपारीहरु त पछाडि हटे तर अन्य केटाहरु हुलदंगा गर्न थाले । उनीहरु व्यापारी थिएनन् । त्यसैबीच दुई जना नेताको मोटरसाइकल जलाएको कुरा पनि आयो । मेरो विचारमा राज्यद्वारा परिचालित भिजलान्तेहरुले त्यस्तो गरेको हुनुपर्छ । साँच्चै आन्दोलनकारीहरुले पसलहरु लुटिरहेका छन् त ? –म आफै एक आन्दोलनकारी हुँ । आन्दोलनकारीहरुले नै त्यस्तो गरिरहेका छन् भने मलाई विश्वास लागेको छैन । आन्दोलनकारीको बीचमा पनि केही उच्छृखंल केटाहरु छन् । जसले बेला बेलामा पसलहरुको समान उठाई दिने, समानहरु छरफस्ट पारि दिने काम गरिरहेका छन् । त्यसले गर्दा वजारका व्यपारीहरुले कुरा उठाएका छन् । त्यसो भए तपाईका संघले के निर्णय गर्यो त ? – हिजोको घटनाका कारण बैठक राम्ररी बस्न सकेन । तर, बैठकमा छलफल गरेर हामी मधेशी मोर्चाका नेताहरुसँग पनि छलफल गर्ने पक्षमा थियौं । उहाँहरुसँग छलफल गरिसकेपछि पुनः ती व्यपारीहरुलाई बोलाएर सम्झाउँथे । असल कुरा के हो त्यो सम्झाउँथे तर बैठक नै भएन । पुनः हामी बस्छौ र यो कुरालाई क्लिियर गर्छौ ।

अलि अलि पसलहरु खुलिरहेको थियो तर आजदेखि त पूर्ण रुपमा बन्द भयो नि त ? –हो, हामीले पहिलादेखि नै जनताको सुविधाका लागि बेला बेलामा पसलहरु खोल्दै आएका थियौं । त्यसमा आन्दोलनकारीको पनि साथ थियो । तर, हिजोको घटनाले पुरै ठप्प भएको छ । केही पसलको सटरमा ओलीको छोराको पसल, मधेशका गद्दार मधेश छाड जस्ता कुरा लेखेर बन्द गराएका छन् नि  ? –मधेशी मोर्चाका कार्यकर्ताहरुले त्यो चाहिँ गर्नु हुँदैन्थ्यो । मेरा विचारमा त्यो गलत भएको हो । ती पसलवाला साँच्चै गद्दार हो भने कुरा कसरी प्रमाणित हुन्छ । ओलीको छोरा हो भनि कसरी भन्न सक्छ । मेरो विचारमा मधेशी मोर्चाको त्यो कदम गलत हो त्यसलाई सच्याउनु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप