अख्तिायारद्वारा लुम्बिनी विकास कोषमा छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा
भैरहवा - लुम्बिनी बिकास कोषमा भएको अनियमितताबारे बिभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन भए पछि बुटवल स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले बिकास कोषमा छापा हानी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियारले बिकास कोषको चालु खर्च र पूर्वाधार बिकास लगायत अन्य विविध बिषयका कागजातहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग आयोग सम्पर्क कार्यालयका प्रवक्ता उमेश राज जोशीले जानकारी दिए । “बिगत लामो दिन देखि विकास कोषमा कार्यालयले निगरानी राखेको थियो,” जोशीले भने । बिकास कोषमा गरिएको तालाबन्दी र मधेश आन्दोलनको कारण स्थिति केही असहज भए पनि शुक्रबार मोटरसाईकलमा गएका कर्मचारीले कागजात नियन्त्रणमा लिएको जोशीले बताए । कागजात नियन्त्रणमा लिए पनि यसको अध्ययन गर्न बाकी रहेको जोशीले बताए । उनले कागजात अध्ययन गरि आवश्यक कार्यवाही अगाडी बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण