घुससहित नेपालगन्ज उपमहानगरपालिकाका योजना प्रमुख पक्राउ
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाका योजना प्रमुख श्यामकाजी पियालाई कार्यस्थलबाटै आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार योजना प्रमुख पियाले निर्माण व्यवसायीसँग रु ८० हजार घुस माग्दै गरेको सूचनाका आधारमा आयोगको टोलीले घुससहित पक्राउ गरेको हो । आयोगका अनुसार योजना प्रमुख पियालाई घुस रकमसहित कार्यकक्षबाट पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित प्रगतिनगरको कुर्मी टोल जाने बाटोको कुल लागत रु आठ लाख ४६ हजार ८८८ मध्ये उपमहानगरको अनुदान रकम रु पाँच लाख आठ हजार रहेको छ । यस्तै स्थानीय स्वशासन तथा सामुदायिक विकास कार्यक्रमको अनुदान रकम रु एक लाख ६९ हजार ४४४ र स्थानीय जनश्रमदान रु एक लाख ६९ हजार ४४४ गरी उपभोक्ता समितिबाट ग्राभेलिङ र ढलान गरी लागत इस्टिमेटअनुसार निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ । निर्माण कार्य सम्पन्न भएको प्रतिवेदनसहित भुक्तानी पाउन अनुरोध गर्दा नियमानुसार कार्य नगरी आलटाल गरेको र सेवाग्राहीसँग घुस मागेको आयोगको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण