मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

संगठन छाड्न दबाब दिएको भन्दै आइएस लडाकुद्वारा आफ्नै आमाको हत्या

शुक्रबार, २४ पुस २०७२, २० : ३१
शुक्रबार, २४ पुस २०७२

रक्का – आतंकवादी संगठन आइएसआइएसका एक लडाकुले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । रक्कामा भएको यस घटनामा सकर अल कासिमले आफ्नै आमाको हत्या गरेका हुन् । समाचार एजेन्सीका अनुसार आमा लिना अल कासिमले सकरलाई आतंकवादी संगठन छाड्न दबाब दिएका थिए । तर, सकरले आफ्नो आमालाई धर्म छाडेको आरोप लगाउँदै सडकमा गोली हानेर हत्या गरे । आमाको दबाब बारे सकरले आफ्ना नेताहरुलाई बताएका थिए । उनीहरुले सकरलाई आफ्नो आमाको हत्या गर्न निर्देशन दिएका थिए । सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार लिना अल तबाका शहरकी वासिन्दा थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप