मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

चार महिनादेखि अवरुद्ध गौर–बैरगनिया सीमा नाका खुल्यो

शनिबार, २५ पुस २०७२, ०० : ०८
शनिबार, २५ पुस २०७२

गौर (रौतहट) - विगत चार महिनादेखि अवरुद्ध बनेको गौर–बैरगनिया सीमा नाका आजबाट सञ्चालन भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले गौर–बैरगनियास्थित मितेरी पुलमा धर्नामा बसी नाका अवरोध गर्दै आएका थिए । धर्नामा मोर्चाका कार्यकर्ता आउन छाडेपछि उक्त नाका भएर चारपाङ्ग्रे सवारी साधनदेखि लिएर मोटरसाइकल, रिक्सा, टाँगा, ओहोरदोहोर गर्न सुरु गरेका छन् । मितेरी पुलमा रहेको अवरोध हटेलगत्तै सदरमुकाम गौरमा चहलपहल बढेको छ । सीमा नाका भएर आवागमन सुरु भएपछि व्यापार व्यवसाय निर्वाधरुपमा सञ्चालन भएको छ भने जनजीवन पनि सामान्य बन्न थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप